कुशवाहा समाजले सतुवाइन तथा नव वर्षको शुभकामना आदानप्रदान

कुशवाहा समाजले सतुवाइन पर्व भव्यताका साथ मनायो, नयाँ वर्षको शुभकामना आदानप्रदान सम्पन्न"

डुमरलाल मेहता शनिबार, चैत्र २९, २०८१

विराटनगर । नेपाल कुशवाहा कल्याण कार्य समिति देवानगञ्जले सतुवाइन तथा नब वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल कुशवाहा समाज देवानगञ्जले शनिबार आयोजना गरिएको मिथिलाको महानपर्व सतुवाइन पर्व तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई सतुवा खुवाएर सम्पन्न गरेको थियो । प्रमुख अतिथि सिताराम मेहता भु. पु. रेन्जर, विशिष्ट अतिथि देवानगञ्ज गाउपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, वडा अध्यक्ष जग नारायण मेहता, हरिनन्दन मेहता, सुशील मेहता, कानुन व्यवसाय रामखेलन मेहता, डाक्टर उपेन्द्र मेहता,डाक्टर राजकुमार मेहता लगायत सयौं कुशवाहाहरुको उपस्थित रहेको नेपाल कुशवाहा कल्याण समाज देवानगञ्जका अध्यक्ष बिद्यानन्द मेहताले बताउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि सीताराम मेहताले नववर्षको आगमनका साथ कृषिमा आधारित यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बाली पनि भित्र्याउन गरिएको खुशीयालीमा ‘वैशाखी’ पर्व मनाउने गरिएको हो ।
मेहताले पहिलो दिन सतुवाइन पर्वका रुपमा मनाउने गरिन्छ । पर्वका अवसरमा आज घरका देवीदेवतालाई प्रसादका रुपमा सातु चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले अनिवार्य रुपमा सातु खाने गरिन्छ । आजको दिन सातुको प्रमुखता रहेकाले नै यस पर्वलाई ‘सतुवाइन’ भनिएको प्रमुख अतिथि मेहताले बताउनुभयो ।
सातुले शितलता प्रदान गर्ने, वर्षभरि व्यक्ति स्वस्थ्य, सरल र संस्कारी रहने तथा सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने गराउने मान्यताका साथ समाजले सतुवाइन मनाएको छ।  सतुवाइन पर्व कुशवाहा जातिको मौलिक पर्व रहेको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता बताउनुभयो । अध्यक्ष मेहताले यस किसिमको संस्कार तथा संस्कृत उजागर गर्ने कार्यक्रममा हामी सहयोग गर्ने समेत बताउनुभयो ।

उक्त कार्यक्रममा डा. उपेन्द्र मेहता, डा. राजकुमार मेहता, विशेषर मेहता, कृष्ण बल्ब मेहता, किसुनदेव मेहता, राजेश्वर मेहता, २ नम्बरका वडा अध्यक्ष जग नारायण मेहता, ४ नम्बरका वडा अध्यक्ष सुशील मेहता, ६ नम्बरका अध्यक्ष हरिनन्दन मेहता, राजकुमारी मेहताफ  शिव शंकर मेहता, राजु मेहता लगायतले सतुवाइन तथा नब वर्षको २०८२ शुभकामना दिदै नेपाल कुशवाहा समाजका कार्यक्रम तथा गतिविधिलाई अझ प्रभावकारी र उपलब्धिमूलक बनाउन जोड दिएको थियो ।
यो पर्व नव वर्ष आगमनको एक दिन अगाडि कुशवाहा जाति लगायत मिथिला र छिमेकी देश भारतमा मनाइन्छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!