स्वर संगम संगीतालयद्वारा होली विशेष कार्यक्रम सम्पन्न

डुमरलाल मेहता शुक्रबार, फाल्गुण ३०, २०८१

विराटनगर । स्वर संगम संगीतालयको आयोजनामा होली पर्वको अवसरमा विशेष रङ्गारङ्ग कार्यक्रम सम्पन्न भएको छ । बिहीबार परम्परागत मञ्चीय भाषणभन्दा भिन्न शैलीमा आयोजना गरिएको यस कार्यक्रममा सांगीतिक प्रस्तुति तथा शुभकामना आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागीहरू एकआपसमा अबीर लगाउँदै होलीका पारम्परिक गीत तथा कविता प्रस्तुत गर्दै रंगीन माहोल सिर्जना गरेका थिए । कार्यक्रममा विनय मण्डल, मन्जु अग्रवाल, तारा श्रेष्ठ, भगवान झा, प्रेम नारायण झालगायतका कलाकारहरूले होली सम्बन्धी गीत तथा कविता प्रस्तुत गरेका थिए ।

स्वर संगम संगीतालयका सञ्चालक कुशेश्वर राईका अनुसार, यो कार्यक्रम संगीतप्रेमीहरूका लागि विशेष अवसर बनेको थियो, जसमा विभिन्न तह र तप्काका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मधु पोख्रेलले होली पर्व आपसी सद्भाव, प्रेम र एकताको प्रतीक भएको उल्लेख गर्दै यस्ता सांस्कृतिक कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!