विराटनगरमा एप्रिलिया भेष्पा स्कुटरको नयाँ शोरुम सञ्चालनमा

डुमरलाल मेहता शनिबार, फाल्गुण ०३, २०८१

विराटनगर । विराटनगरको बरगाछीमा ‘एप्रिलिया भेष्पा स्कुटर’को आधिकारिक शोरुम सञ्चालनमा आएको छ। गौरब अटो सेन्टरले करिब ४ करोड रुपैयाँको लागतमा सञ्चालन गरेको यो शोरुम पूर्वमुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले उद्घाटन गरेका हुन्।

शोरुममा एप्रिलिया स्कुटरको मूल्य २ लाख ८८ हजारदेखि ४ लाख ६५ हजार रुपैयाँसम्म छ भने भेष्पाका विभिन्न मोडेल ३ लाख १ हजारदेखि ४ लाख ४२ हजार रुपैयाँसम्म उपलब्ध छन्। एप्रिलिया भेष्पा इटालियन कम्पनीको स्कुटर ब्रान्ड हो, जसले ७९ वर्षको इतिहास बोकेको छ।

गौरब अटो सेन्टरका सञ्चालक गौरब सिंहका अनुसार स्कुटरका आकर्षक मोडेल, मेटल तथा फाइबर बडी, दुई वर्षको वारेण्टी, र सहज रूपमा उपलब्ध स्पेयर पार्ट्स यसको विशेषता हुन्। साथै, नगद खरिद गर्ने ग्राहकलाई १० हजार रुपैयाँ क्यास ब्याक, कप, की रिंग, ज्याकेट र हेल्मेट समेत प्रदान गरिनेछ।

यो नयाँ शोरुमले विराटनगरका स्कुटर पारखीहरूलाई उच्चस्तरीय र भरपर्दो स्कुटरहरू उपलब्ध गराउने विश्वास गरिएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!