आज श्रीपञ्चमी तथा सरस्वती पूजा हर्षोल्लासका साथ मनाइँदै

डुमरलाल मेहता सोमबार, माघ २१, २०८१

विराटनगर ।  विद्या र बुद्धिकी देवी सरस्वतीको विशेष पूजा गर्दै सोमबार श्रीपञ्चमी पर्व श्रद्धा र भक्ति साथ मनाइँदै छ। विद्यार्थीहरूले कापी, कलम, वाद्ययन्त्र तथा पुस्तकहरूको पूजा गर्दै ज्ञान र सुसंस्कारको कामना गरेका छन्।

श्रीपञ्चमीलाई ‘वसन्तपञ्चमी’ पनि भनिन्छ, किनभने यो दिनदेखि सूर्य उत्तरायणतर्फ लाग्ने र वसन्त ऋतुको आगमन हुने विश्वास गरिन्छ। हिन्दू धर्मशास्त्रअनुसार, ऋग्वेदमा ‘वाग्देवी’ को नामले चिनिएकी ब्रह्मायणी (सरस्वती) को आराधना गर्नाले ज्ञान, बुद्धि र सिद्धि प्राप्त हुने उल्लेख छ। आजका दिन सरस्वतीको पूजा गरी अध्ययन आरम्भ गरेमा विद्यार्थीहरूमा विद्या र ज्ञानको वृद्धि हुने धार्मिक विश्वास छ।

यस अवसरमा विवाह, व्रतबन्ध, गुफा (सूर्य दर्शन) राख्ने तथा बालिकाहरूको बेलविवाह (इही) गर्ने जस्ता धार्मिक तथा सामाजिक कार्य गर्न शुभ मानिन्छ। साथै, बालबालिकालाई शिक्षारम्भ गराउने तथा नाक-कान छेड्न पनि आजको दिन उपयुक्त हुने धार्मिक मान्यता छ।

सुनसरीका देवानगञ्ज, बर्जु, हरिनगर, भोक्राहा नरसिंह, इनरुवा, गढी, दुहवी लगायतका पालिकाहरूमा रहेका विद्यालय तथा सरस्वती मन्दिरहरूमा बिहानैदेखि विशेष पूजा, हवन तथा भजन-कीर्तनको आयोजना गरिएको छ। श्रद्धालुहरूले विधिपूर्वक देवी सरस्वतीको आराधना गर्दै सात गेडा अक्षता निल्नाले विद्या र बुद्धि प्राप्त हुने धार्मिक विश्वास व्यक्त गरेका छन्।

विद्यालयहरूमा विद्यार्थीहरूले सरस्वती वन्दना गाएर तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै उत्सवमय वातावरण सिर्जना गरेका छन्। शिक्षा तथा संस्कृतिसँग जोडिएको यस पर्वले समाजमा ज्ञान, सद्बुद्धि र सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिन्छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!