आधारभूत विद्यालय घुस्कीको वि. व्य. स अध्यक्षमा खान सर्वसम्मत चयन

डुमरलाल मेहता बिहिबार, माघ १०, २०८१

विराटनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ७, कविलासा स्थित खान चौकमा रहेको श्री आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष मोजम्मील खान सर्वसम्मत चयन हुनुभएको छ। समितिको सदस्यहरुमा प्रमोद मेहता, बिनोद कुमार सरदार, नाजिम खाँ, सुनिता उराँव, गुजिया कुमारी साह र गायत्री देवी साह चयन भएको हो ।

आइतबार अध्यक्ष पदमा चयन भएपछि खानले विद्यालयको वर्तमान अवस्था निकै नाजुक रहेको बताउँदै आगामी दिनमा सुधारका योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले विद्यालयलाई आधुनिक पठनपाठन प्रणालीतर्फ अघि बढाउने लक्ष्य राखेको उल्लेख गर्दै, प्राथमिक चरणमा कक्षा ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ।

विद्यालय व्यवस्थापन समितिका अन्य सदस्यहरूले पनि अध्यक्ष खानको नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने विश्वास व्यक्त गरेका छन्। समुदायको साथ र व्यवस्थापनको प्रतिबद्धताले विद्यालयमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

स्थानीय अभिभावक र विद्यार्थीले नयाँ नेतृत्वबाट विद्यालयको प्रगतिको आशा गरेका छन्।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!