नेशनल टेक चेलेन्जरस विजय, क्यान प्रिमियर लिग 2025 भव्य रूपमा सम्पन्न

डुमरलाल मेहता आइतबार, पौष २८, २०८१

विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घ मोरङको आयोजनामा सम्पन्न क्यान प्रिमियर लिग 2025 मा नेशनल टेक चेलेन्जरस विजेता घोषित भएका छन्। प्रतियोगिता विराटनगरको द स्पोर्ट्स हब मा भव्य रूपमा सम्पन्न भएको थियो।

प्रतियोगितामा मोरङलाई कार्यक्षेत्र बनाएर आई.सि.टी. क्षेत्रमा सक्रिय ५० भन्दा बढी व्यवसायी र कर्मचारीहरूले भाग लिएका थिए। सात समूहमा विभाजित टोलीमध्ये नेशनल टिच चेलेन्जरसले सबै खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेर उपाधि जितेको हो।

यस प्रतियोगिताको उद्घाटन क्यान महासङ्घ केन्द्रकी उपाध्यक्ष सिर्जना श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रम सञ्चालनको जिम्मेवारी समृद्धि चापागाईंले सम्हाल्नुभएको थियो।

बीआइटीएक समूह (भेरो कम्प्युटर ,इस्कन इंफोसिस, Techfinity Solutions and Research Center Pvt. Ltd., Shirshak Enterprises) रनर अप बनेको थियो।

विजेता टोलीका कप्तान तथा नेशनल टिच वल्र्डका सञ्चालक समिर आलमले प्रतियोगिताले मोरङका आई.सि.टी. व्यवसायीहरूबीच आपसी सहकार्य र सद्भाव बढाएको बताए। साथै, टिमका सबै खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरे।

कार्यक्रमको समापन सत्रका प्रमुख अतिथि युवा नेता वसिम आलमले विजेता टिमलाई पुरस्कार र ट्रफी वितरण गर्नुभएको थियो। उहाँले क्यान महासङ्घ मोरङले खेलकुद र आई.सि.टी. क्षेत्रलाई जोड्न अद्वितीय पहल गरेको भन्दै प्रशंसा गर्नुभयो।

क्यान महासङ्घ मोरङले आयोजना गरेको यो मैत्रीपूर्ण प्रतियोगिता आई.सि.टी. व्यवसायीहरूलाई एकताबद्ध गर्न सफल भएको आयोजकको विश्वास छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342