ग्रामथानका नवनिर्वाचित अध्यक्ष नमोनारायणद्वारा शपथ पदभार ग्रहण

डुमरलाल मेहता बुधबार, मंसिर १९, २०८१

विराटनगर । मोरङ जिल्लाको ग्रामथान गाउँपालिकाका नव निर्वाचित अध्यक्ष नमोनारायण माझीले पदभार ग्रहण गरेपछि पालिकाका सम्पूर्ण नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन्।

बुधबार गाउँपालिकाको प्राङ्गणमा आयोजित शपथग्रहण कार्यक्रम पछि पदभार ग्रहण गर्दै अध्यक्ष माझीले आकस्मिक स्वास्थ्य सेवाका लागि एम्बुलेन्स सेवा पूर्ण रूपमा निःशुल्क बनाउने निर्णय गरेको बताउनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले निर्णयको व्यहोरा सुनाउँदै, “गाउँपालिका भित्रका जुनसुकै स्थानमा दुर्घटना वा अन्य कुनै आकस्मिक अवस्थाका लागि अब कुनै पनि नागरिकले एम्बुलेन्स सेवा लिन शुल्क तिर्नु पर्ने छैन,” जानकारी दिनुभयो।

शपथग्रहण कार्यक्रम मोरङ जिल्ला न्यायाधीश उद्धव भट्टराईले अध्यक्ष माझीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएको थियो। कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद अमनलाल मोदी, कोशी प्रदेशका सांसद जयप्रकाश चौधरी, पूर्वमन्त्री विजय विश्वास, पूर्व प्रदेशसभा सांसद कुलप्रसाद साम्बा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।


पदभार ग्रहण गर्दै अध्यक्ष माझीले जनताको आवश्यकता र आकांक्षालाई प्राथमिकतामा राख्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले पालिकालाई नागरिकमैत्री बनाउने र जनताका गुनासा तथा समस्याहरू पालिकाको सहकार्यबाट समाधान गरिने बताउनुभयो ।

यो निर्णयले ग्रामथान गाउँपालिकाका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवामा ठूलो राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!