तत्कालै राहत्त उपलब्ध गराउन काग्रेस प्रदेश समितिको माग

Radio Nagarik 100.4 MHz आइतबार, आश्विन २०, २०८१

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समितिले यही असोज ९ गतेदेखी परेको अविरल बर्षा र बाढी पहिरोबाट क्षति भएका भौतिक पूर्वाधारको पूननिर्माण तत्कालै सूचारु गर्न माग गरेको छ ।
कोशी प्रदेश समितिका अध्यक्ष तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा आईतवार गएको टोलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई भेटेर यस्तो माग गरेको हो । बाढीबाट मूत्युबरण गरेका परिवारलाई राहत्त , घाईतेको निशुल्क उपचार , वेपत्ताहरुको खोजी , विस्थापितहरुको पूर्नस्र्थापना , बालीनाली नस्ट भई विस्थापित हुन पुगेका परिवारलाई खाद्यान्न र लत्ताकपडा सहितको राहत्त उपलब्ध गराउन माग गरेको पार्टीका प्रदेश प्रवक्ता यदू बिष्ठले जानकारी दिए । यस्तै क्षति भएका झोलुङ्गे पुलको मर्मत , नयाँ झोलुङ्गे पुलको निर्माण , आवश्य स्थानमा बेलिव्रिजको निर्माण , अवरुद्ध सडक र पुलहरुको पूननिर्माण , गरि दशैको मुखमा तत्कालै आवात जावत सुचारु गर्न पनि माग गरेको छ ।
यही असोज ९ गतेदेखी १२ गते सम्म परेको अविरल बर्षाले हाल सम्म कोशी प्रदेशमा २० जनाले मूत्यूबरण गरेको , ७ जना वेपत्ता भएका , ६ सय २१ घरपरिवार र २ हजार ६४ व्यक्ती विस्थापित भएका , ३४ वटा पूलको क्षति सहित १ अर्व ११ करोड २० लाख भन्दा बढी क्षति भएको पार्टीले प्रदेश सरकारलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
टोलीमा काग्रेस प्रदेश कार्य समितिका महासचिव उमेश थापा , सहमहामन्त्री प्रमिला गच्छदार , पूर्वमन्त्री तथा प्रदेश सदस्यहरु सहभागि थिए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!