एन आई टी द्वारा नयाँ शैक्षिकसत्रमा भर्ना भएको विद्यार्थीलाई स्वागत

डुमरलाल मेहता बिहिबार, आश्विन १७, २०८१

विराटनगर । विराटनगर ४ मा रहेको नेशनल ईन्स्टिच्युट अफ टेक्नोलोजी एन आई टीकलेजले नयाँ शैक्षिक सत्र भर्नाको भएका विद्यार्थीलाई स्वागत गरेको छ ।


प्राविधिक शिक्षा अध्यापन गर्दै आइरहेको एन आई टी ले बुधबार एक कार्यक्रमको आयोजना गरि नव आगन्तुक बिद्यार्थीलाई स्वागत गरिएको हो । नयाँ शैक्षिकसत्र २०८१र०८२ मा ७० जना बिद्यार्थी भर्ना भएको हो । सामान्य चिकित्सकमा ४० र ल्याब टेक्निसियनमा ३० जना बिद्यार्थी भर्ना भएको एन आई टीका प्रिन्सिपल जितेन्द्र झाले बताउनुभयो ।

अहिले प्राविधिक शिक्षाको समय रहेको एनआइटीका निर्देशक भागवान झाले बताउनुभयो । एन आइ टीले गुणस्तरीय शिक्षा दिदै आइरहेको झाले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि CTEVT कोशीका निर्देशक संजय कुमार न्यौपानेलाई एन आइ टीका निर्देशक झा र व्यवस्थापन समितिका बिपुललेन्द्र झाले सम्मान गरेको थियो ।
सो कार्यक्रममा बिद्यार्थीहरुले सांस्कृतिक नृत्य समेत प्रसतुत गरेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!