जितिया महोत्सव कार्यक्रम सम्पन्न, मेहता सम्मानित

Radio Nagarik 100.4 MHz शनिबार, आश्विन ०५, २०८१

विराटनगर । नारी उत्थान समाज विराटनगरले आज छैठौं जितिया महोत्सव मनाएको छ ।
कार्यक्रममा मिथिलामा बिशेषगरी विवाहित नारीले आफ्ना पति तथा सन्तानका लामो आयूको कामना गर्दै यो जितिया पर्व मनाउने चलन छ ।
तराई मधेशमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाईन्छ । सप्तमीका दिन नहाय खाएदेखि यो पर्व शुरु हुने गर्छ ।
नहाय खाने वर्तका दिन वर्तालु महिलाहरुले स्थानीय जलासयमा गएर स्नान गरी घिरौंलाको पातमा पिना, तेल, सिन्दुर चढाएर पुजा गर्ने गरिन्छ । यस पर्वमा नहाय खायको दिन अनिवार्य रुपमा वर्तालु महिलाहरुलाई माछा तथा मरुवाको रोटी खाने चलन छ ।
विशेषत तराई र अन्य स्थान लगायत भारत अनि संसारका धेरै देशमा वैदिक सनातन हिन्दु रित अनुसार जितियाको व्रत लिइन्छ ।
व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउनुपर्छ। देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाख सन्तानलाई पनि लगाउन दिनुपर्छ ।
व्रतको पहिले दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा माछ मरुवा(कोदो) भनिन्छ । विधिअनुसार बिहान काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओठगन गरेर सम्पन्न हुने जस्ता क्रियाकलाप तथा स्थानीय कलाकारले नृत्यनाटक  प्रस्तुति गरेको थियो ।
जितिया पर्वको अवसरमा आज आयोजित कार्यक्रममा सञ्चारकर्मी सन्तोष मेहतालाई कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सम्मान  गर्नुभएको छ ।
विगत ६ वर्षदेखि विराटनगर नारी उत्थान समाजले गरेका गतिविधिलाई आम नागरिकसम्म पुर्याउन खेलेको भूमिकाको कदर गर्दै मेहतालाई सम्मान गरिएको आयोजक संस्थाका नन्दकिशोर मेहताले बताउनुभयो । नारी उत्थान समाजले पत्रकार मेहतासँगै अन्य व्यक्तिहरूलाई पनि सम्मानित गरेको थियो ।
कार्यक्रममा प्रदेश प्रमुख खापुङ, प्रदेश सांसद राम प्रसाद मेहता नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य विनोद ढकाल लगायतले जितिया पर्वको महत्त्व सहित शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!