देवानगञ्जमा शुद्धीकरण महायज्ञ कार्यक्रम सम्पन्न

डुमरलाल मेहता शनिबार, भाद्र १५, २०८१

विराटनगर । देवानगञ्जमा ग्राम शुद्धीकरण महायज्ञ कार्यक्रम सम्पन्न भएको छ ।
विश्व हिन्दु परिसद देवानजगञ्जले आयोजनामा सम्पुर्ण देवानगञ्ज तथा देशबासीको कल्याण होस् उदेश्यले सुनसरीको देवानगञ्ज गाउँपालिका  ३ स्थित  श्री कृष्ण मा.वि. को खेल मैदानमा एक दिवसीय हवन पुजन तथा शुद्धीकरण महायज्ञ सम्पन्न भएको हो ।
अहिले देश तथा समाजमा विभिन्न किसिमको घटना दुर्घटनालाई   मध्यनजर गरेर सुख शान्तिका लागि शुद्धीकरण महायज्ञ गरेको हो । अगाडि दिनमा अशान्ति दुर्घटना लगायत क्रियाकलाप नहोस् भन्ने उदेश्यले  बरिस्ठ बिशिस्ट महात्माको उपस्थितिमा यज्ञ (होम) गरेको हो ।
विश्व हिन्दु परिषद देवानगञ्जका अध्यक्ष चमर किशोर मेहताको अध्यक्ष्तामा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागी भएका सम्पुर्ण भक्तजन सनातनी योद्धाहरुलाइ विश्व हिन्दु परिषदका पदाधिकारीको हातबाट खादामाला लगाइ सम्मान गरि सम्पुर्णलाई प्रसाद स्वरुप भोजन (खाना) खुवाइ कार्यक्रम समापन गरेको थियोे ।
कार्यक्रममा हजारौं भक्तजनको सहभागी रहेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!