विरामी तथा कुरुवाले अस्पतालको पूर्जाका आधारमा आवतजावत गर्न पाउने

Radio Nagarik 100.4 MHz बुधबार, बैशाख २२, २०७८

काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक यात्राको लागि पासको सम्बन्धमा थप स्पष्ट पारेको छ ।
प्रशासनले आज एक सूचना जारी गर्दै विवाह व्रतबन्धजस्ता संस्कारका हकमा १५ जनासम्म व्यक्ति र दुई वटा सवारी साधन प्रयोग गरी व्यानरका आधारमा जिल्ला भित्र वा अन्तर जिल्लामा आवत जावत गर्न पाइने भनिएको छ ।
मृत्यु संस्कारका लागि प्रशासनबाट अनुमति लिन पेश गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्युदर्ता प्रमाणपत्र वा सम्बधित वडाको सिफारिस परिचय खुल्ने कागजातको प्रतिलिपि सहित पेश गर्नु पर्ने बताइएको छ ।
यसै गरि बिरामी तथा कुरुवाको हकमा काठमाडौं जिल्ला भित्रका विरामी तथा कुरुवाहरुले अस्पतालको भर्ना वडा वा रिपोट कार्डका आधारमा आवात जावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त विरामी भै काठमाडौं बाहिर जानु पर्ने अवस्थामा बिरामीको रिपोर्टकाडर्, भर्ना कार्ड परिचय खुल्ने कागजातको प्रतिलिपी सहित निवेदन पेश गर्न सकिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । साथै सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर डयूटी आवात जावत गर्न पाउने छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342