गोली लागेर घाइते भएका क्याम्पस प्रमुख कुशवाहाको मृत्यु

Radio Nagarik 100.4 MHz शनिबार, आषाढ ०२, २०८१

बारा । बारामा गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको उपचारको क्रममा मृत्यु भएको छ।

शुक्रबार साँझ कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो।

करिब साढे ५ बजे कुशवाहामाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात व्यक्तिले गोली प्रहार गरी भागेको थियो। घर जाँदै गरेका उहाँमाथि मोटरसाइकलमा आएको दुई जनाले पछाडिबाट गोली प्रहार गरेको थियो। उहाँको पिठ्युँमा गोली लागेको थियो।

गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगन्ज लगिएको थियो। उहाँको वीरगन्ज न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!