सकिएको परीक्षा पुनः दिनुपर्ने सूचना जारी भएपछि विद्यार्थी तनावमा

Radio Nagarik 100.4 MHz मंगलबार, चैत्र २०, २०८०

नारायणगढ । विद्यालय स्तरको आधारभूत तह ९कक्षा ८० को परीक्षा सकेर नतिजा कुरिरहेकी भरतपुरका आयुस्का अधिकारी पुनः परीक्षा हुने सूचना जारी भएपछि आश्चर्यमा पर्नुभएको छ।

भरतपुर महानगरले पुनः परीक्षा लिने सूचना जारी गरेसँगै अहिले उहाँ जस्ता नगरभरिका नतिजा कुरेर बसेका झण्डै सात हजार विद्यार्थीलाई परीक्षाको चिन्ता थपिएको हो।

“परीक्षा सकियो भनेर किताब थन्क्याइयो।कति साथी त अहिले घुम्न कहाँ गएका छन्”, भरतपुरको सनराइज स्कुलमा अध्ययनरत अधिकारीले भन्नुभयो, “दिइसकेको परीक्षा फेरि कसरी दिने ? चिन्ता बढेको छ ।”

भरतपुर महानगरपालिकामा रहेको आधारभूत तह उत्तीर्ण परीक्षा समितिको लापरवाहीले आफू जस्ता विद्यार्थीले दुःख पाउन लागेको उहाँको गुनासो छ।

भरतपुर महानगर पालिका शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गर्दै कक्षा ८ को स्वास्थ, शारीरिक तथा सिर्जनात्मक कला विषयको परीक्षा २०८१ साल वैशाख ३ गते गर्ने जनायो। वैशाख २ गतेबाट नयाँ शैक्षिक सत्रका लागि नयाँ भर्ना नै आह्वान भइसकेको छ।

“यसअघि लिइएको परीक्षाको प्रश्नपत्र निर्माणमा त्रुटि हुन गएको देखिएकाले पुनः परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ”, सूचनामा उल्लेख छ।यही विषयको परीक्षा यस अघि चैत ८ गते लिइएको थियो।बालकुमारी कन्या माध्यमिक विद्यालयका प्राचार्य हेरम्बकुमार श्रेष्ठलेले एक पटक लिई सकिएको परीक्षा पुनः लिनुपर्ने अवस्था बन्नु दुर्भाग्य भएको बताउनुभयो ।

महानगरले सूचनामा प्रश्नमा देखिएको त्रुटि के हो भन्ने खुलाएको छैन।तर पनि चैत ८ गते लिइएको स्वास्थ, शारीरिक तथा सिर्जनात्मक कला विषयको परीक्षाको प्रश्न यस अघि फागुन १५ गते निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन (प्याब्सन)ले लिएको पूर्व अभ्यास परीक्षाको प्रश्नसँग हुबहु मिलेको देखिन्छ।

स्थानीय तह स्तरबाट लिइने आधारभूत तहको परीक्षाका लागि भरतपुर महानगरका प्रशासकीय प्रमुख नरेन्द्र राना संयोजकत्वमा सात सादस्यीय परीक्षा समिति बनेको थियो।समितिले दुई तीन जना विषयगत शिक्षकलाई छुट्टाछुट्टै प्रश्नपत्र बनाउन लगाई विज्ञले सम्पादन गरेर प्रश्न तयार गर्नुपर्ने व्यवस्था छ।तर प्रश्नपत्र तयार गर्दा त्यो प्रक्रिया पूरा गरेको देखिँदैन।प्रश्नपत्र तयार गर्दा दोस्रो वैकल्पिक सेट पनि तयार हुन्छ।यसमा त्यो पनि नभएको बताइन्छ।

परीक्षा समितिका सदस्य एवं भरतपुर महानगर शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले भने यो घटनामा परीक्षा समितिको भन्दा पनि शिक्षकको कमजोरी भएको दाबी गर्नुहुन्छ।“हामीले यसरी प्रश्न बनाउँदा लापर्वाही गर्ने शिक्षकलाई स्पष्टीकरण लिइसकेका छौं” उहाँले भन्नुभयो ।

महाशाखाका अधिकृत शिव ढुङ्गनाको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले पनि यही निष्कर्ष निकालेको छ।छानबिन समितिले पुनः परीक्षा नलिइ विद्यार्थीलाई आन्तरिक तरिकाले नम्बर दिन सुझाव दिए पनि परीक्षा समिति भने पुनः परीक्षा लिने निष्कर्षमा पुगेको बताइन्छ।

“परीक्षामा समस्या आएर बदर नै गर्नुपर्ने अवस्थामा नयाँ परीक्षाको विकल्प पनि छैन”, माहाशाखा प्रमुख पौडेलले भन्नुभयो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342