जनकपुरमा ९५ क्वीन्टल अन्नबाट बनाइयो ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा

Radio Nagarik 100.4 MHz शनिबार, मंसिर ३०, २०८०

जनकपुरधाम । विश्व कीर्तिमानी सीतारामको प्रतिमा तयार पार्ने कार्य सम्पन्न भएको छ। जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको सीतारामको प्रतिमा तयार पारिएको हो।

जनकपुरधामस्थित रंगभूमि मैदान ९बाह्र बिघा० मा सोमबारदेखि बनाउन सुरु गरिएको श्री सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको छ।

उक्त प्रतिमा पूर्ण रूपमा तयार भएपछि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले औपचारिक रूपमा रिबन काटेर प्रतिमा उद्घाटन गर्नुभएको थियो।

प्रतिमा सुरक्षामा जनकपुरधामका नगर प्रहरी खटिएका छन् भने उक्त सुरक्षा घेराभित्र रहेर तीन दिन शनिबार, आइतबार र सोमबारसम्म हेर्न पाइने र मंगलबारदेखि प्रतिमा प्रयोग भएका अन्न उठाइने उपमहानगर प्रमुख साहले जानकारी दिनुभयो।

एक सय दुई क्विन्टल अन्नको प्रयोग गरिने अनुमान गरिए पनि सीतारामको उक्त प्रतिमा निर्माणमा ९५ क्विन्टल ११ प्रकारका अन्न प्रयोग भएको छ। प्रतिमामा अन्न थप्ने कार्य पनि जारी रहेका कारण थप अन्न प्रयोग गरिने प्रतिमा निर्माण समितिका सदस्य तथा उद्योग वाणिज्य सङ्घ जनकपुरधामका कोषाध्यक्ष परमेश्वर साहले बताउनुभयो।

सोमबारबाट सुरु गरिएको प्रतिमा निर्माण कार्य पाँच दिनमा सम्पन्न भएको प्रतिमा निर्माणमा लाग्नु भएका प्रमुख कलाकार सतिश गुर्जरले बताउनुभयो।

प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाह पञ्चमीको अवसर पारेर धार्मिक ऐतिहासिक सरह जनकपुरधामलई विश्वभर चिनाउन विश्व कीर्तिमान कायम गर्न ११ प्रकारका अनाज प्रयोग गरेर २१ लाख २३ हजार रुपियाँको लागतमा प्रतिमा बनाउन लागिएको समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिनुभयो।

भारतमा बनाइएको प्रतिमाको रेकर्ड तोड्दै उक्त प्रतिमाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ठाउँ बनाउने विश्वास गरिएको छ। यसअघि भारत उत्तर प्रदेशको अयोध्यामा सोही आकारको प्रतिमा बनाएर रेकर्ड बनाएका कालाकारलाई नै बोलाएर जनकपुरधाममा प्रतिमा बनाइएको हो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!