पार्टीभित्रको निरंकुशता कुनै हालतमा स्वीकार्य हुन सक्दैन-डा. कोइराला

Radio Nagarik 100.4 MHz शनिबार, बैशाख १८, २०७८

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले निरंकुशता अन्त्य गर्न स्थापित भएको पार्टीभित्रको निरंकुशता स्विकार गर्न नसकिने बताएका छन् ।
शनिबार विराटनगरस्थित कोईराला निवासमा पार्टीमा नव प्रवेशीहरुलाई स्वागत गर्दै कोइरालाले भने,“नेपाली कांग्रेस निरंकुशता अन्त्य गरी लोकतन्त्र स्थापना गर्न बनेको पार्टी हो । त्यसैले पार्टीभित्रको निरंकुशता पनि कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।” उनले लोकतन्त्रको जगेर्ना नै कांग्रेसले गर्ने हो भन्ने विश्वास जधतामा आएको र अब देशलाई केही गर्न सक्छ भने कांग्रेसले नै गर्ने बताए ।
राजनीति राजधानीको रुपमा मोरङको साख फर्कनु पर्छ भन्ने आवश्यकता महसुस हुन थालेको बताउँदै उनले यो विचार काठमाडौको पनि आवाज बन्ने दाबी गरे । कोइरालाले भने,“अब मोरङको साख फर्कने छ भन्ने मेरो विश्वास छ ।”
त्यस अवसरमा संस्थागत विद्यालय महासंघ (प्याब्सन) का पूर्व मोरङ अध्यक्ष एवं केन्द्रीय सदस्य बासुदेव न्यौपाने, एन प्याब्सन राजन छाराहाङ, विवेकशील साझा पार्टीका नेता राजेश कर्ण, एनप्याब्सनका मोरङ कोषाध्यक्ष ईन्द्र नारायण साहलगायत कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीको तर्फबाट बोल्दै छाराहाङले अबको देशको राजनीतिक परिवेशलाई निकास कांग्रेसले मात्र दिन सक्ने बुझेरै पार्टीमा आएको सुनाए ।
नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति तथा मेयर भीम पराजुलीले कांग्रेसको लोकतान्त्रिक सिद्धान्तलाई आत्मसात गर्दै देशका विद्यमान समस्यालाई निकास दिइनुपर्ने बताए । भने,“अबको राजनीतिक निकास र देशको विकासको लागि कांग्रेसबाट मात्र संभव छ ।” कांग्रेस १ नम्बर प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अहिले स्वार्थको राजनीतिक अधिक बढेकोले सिद्धान्तको महत्व झन् चुलिएर गएको बताए । भने,“पार्टीमा गई चांडै फाइदा लिईहाल्छु भन्दा पनि योगदान दिन सक्छु भन्ने नेतृत्वको सबैतिर खड्किएको छ ।”
कार्कीले पार्टीलाई जीवित राख्न सिद्धान्तलाई लिएर अघि बढ्नु पर्ने बेला आएको बताए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!