जिरोगुवा कृषक समुहको तेस्रो साधारणसभा सम्पन्न

डुमरलाल मेहता आइतबार, भाद्र १०, २०८०

देवानगञ्ज । श्री जिरोगुवा उद्यमसिल कृषक समुहको तेस्रो साधारणसभा सम्पन्न भएको छ । शनिवार सुनसरीको देवानगञ्ज गाउपालिका वडा नम्बर ६ मा रहेको श्री जिरोगुवा उद्यमसिल कृषक समुहको  तेस्रो साधारणसभा कोशी प्रदेश सभा सदस्य र उद्योग कृषि तथा सहकारी मन्त्री गयान्नद मण्डलको प्रमुख आतिथ्य र समुहका अध्यक्ष बिदयान्द मेहताको अध्यक्ष्तामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ५ जना किसानलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा जागेश्वर यादव, विशुन्देव मेहता, पुरिया देवी मेहता, रुपनारायण श्रेष्ठ र राम किसुन मेहता रहेको छ ।
उद्योग कृषि तथा सहकारी मन्त्री गयान्नद मण्डलले भन्नुभयो म पनि किसान नै हुँ मेरो पेशा पनि कृषि हो किसानको समस्या बारे जानकारी छ । उहाँले भन्नू भयो दुर्भाग्य के छ भने एमालेले अहिलेको सरकारलाई हेर्नै सकिरहेको छैन । यदि यो सरकार रहिरहन्छ भने किसानको समस्या समाधान गर्छु ।
खादमलको अभाव छैन अहिले यदि कुनै ठाउँमा छ भने हामीलाई जानकारी गराउनुस हामी सँग खादमल पर्याप्त छ ।
यहाँका किसानलाई केके समस्या छ त्यसको प्रपोजल तयार पारेर मान्त्रालय आउनु किसानको समस्या समाधान गर्न तयारी रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति श्यामलाल मेहता , सुरेन्द्र यादव, सुनसरी किसान संघ का अध्यक्ष रामबृक्ष मेहता, रामप्रसाद चौधरी लगायतले समुहको प्रगति तथा किसानको अहिलेको समस्या विषयमा बोल्नु भएको थियो । कार्यक्रममा समूहको सदस्य तथा सयौँ किसानहरूको उपस्थिति रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!