बोरामा बन्द गरेर भारत लैजाँदै गरेका बालबालिकाको उद्धार

Radio Nagarik 100.4 MHz सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । बोराभित्र बन्द गरी भारततर्फ लैजाँदै गरिएका दुई बालबालिकाको बाराको सीमावर्ती गाउँपालिका देवतालबाट उद्धार गरिएको छ।

देवताल गाउँपालिकाको वडा नम्बर–३ अमवा गाउँका दुई जना बालबालिकालाई चोरी गरी बोरामा बन्द गरेर भारततर्फ लैजाँदै गर्दा बालबालिकासहित चोरी गरी भारत लैजाने एक जना भारतीय युवकलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरीका अनुसार अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोराको उद्धार गरिएको हो। उद्धारपछि सशस्त्र प्रहरीले उनीहरुलाई अभिभावकको जिम्मा लगाएको छ।

बालबालिकालाई बोरामा बन्द गरेर सीमा कटाउँदै गरेका भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नम्बर ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई नियन्त्रणमा लिइएको छ।

भारततर्फ लैजाने क्रममा बोराभित्रबाट बालबालिका रोएको आवाज सुनेपछि सशस्त्र प्रहरीले चेकजाँच गरेको थियो। जाँचका क्रममा बोराभित्र बालबालिका फेला परेपछि आलमलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका आलममाथि थप अनुसन्धान भइरहेको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!