आमाबुवा बिहिनका साथै अपाङ्गता रहेका निरासाले पाए बस्ने बास

डुमरलाल मेहता सोमबार, साउन ०१, २०८०

विराटनगर । आमाबुवा बिहिन साथै अपाङ्गता रहेको निरासा रौनियारले बस्ने बास पाएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा बस्ने निरासा रौनियारको सानै उमेरमा उनको आमाबुवा बित्यो र उनको देखरेख गर्न कोही नभएपछि अपाङ्गता समावेशी संस्थाको पैरवीमा देवानगञ्ज गाउँपालिका र करुणा फाउण्डेसन नेपालले साझेदारीमा घर निर्माण गरी दियो । घर निर्माण कार्य सकेपछि आइतवार एक कार्यक्रमको आयोजना गरी अपाङ्गता रौनियारलाई उक्त घर हस्तान्तरण गरेको अपाङ्गता समावेशी संस्थाका अध्यक्ष डुमरलाल मेहताले बताउनुभयो ।

कार्यक्रममा बोल्दै देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले निरासा रौनियारको सानै उमेरमा आमाबुवा बित्यो उनी एक त अपाङ्गता र त्योमा पनि महिला भएर धेरै हिम्मत गरेर जीवन निर्वाह निरन्तर लागिरहेको छ । हाम्रो गाउँपालिकामा रहेका यास्ता अपाङ्गता भएर ब्यक्तिलाई गाउँपालिकाले सहयोग गर्न पछि नहटने बताउनुभयो ।

यस्तै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादवले बालिका निरासा असहाय आमाबुवा नरहेको देखरेख गर्ने कोही भएकोले गाउँपालिका र करुणा फाउण्डेसन नेपालको साझेदारीमा घर निर्माण गरी ब्यवस्थि गरेको बताउनुभयो । अपाङ्गता र असहाय प्रति सधै सहयोग रहने र करुणा फाउण्डेसन नेपालले अपाङ्गता ब्यवस्थि गर्न र घर निर्माणमा सहयोग गरेकोमा उपाध्यक्ष यादवले धन्यवाद ब्यक्त गर्नुभयो ।

पक्की घर पाएपछि निरासा रौनीयार खुशीले गदगद भएका थिए ।

कार्यक्रममा देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव, प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल, वडा नम्बर २ का वडा अध्यक्ष जगनारायण मेहता, वडा नम्बर ४ का वडा अध्यक्ष सुशिल मेहता, वडा नम्बर ६ का वडा अध्यक्ष हरिनन्दन मेहता, करुण फाउन्डेसनका कार्यक्रम सह निर्देशक योगेन्द्र गीरी, राजिव चौधरी लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!