काठमाडौँ विश्वविद्यालयका असोसिएट डिन र विराटनगरका शिक्षाप्रेमीहरु विच अन्तरक्रिया

डुमरलाल मेहता बिहिबार, आषाढ २८, २०८०

विराटनगर । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनले विभिन्न संकायमा मास्टर्स प्रोग्राम अध्ययन गर्न चाहने विद्यार्थीका लागि जानकारी मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधवार विराटनगरको बिग होटलमा बुधबार विद्यार्थी र सरोकारवालाहरु माझ गरिएको कार्यक्रममा यस्तो जानकारी दिएको हो । खासगरी स्कुल अप एजुकेशनमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि जानकारीमुलक शैक्षिक गतिविधि र ज्ञानका विषयमा जानकारी दिएको थियो । युनिभर्सिटीका एसोसिएट डिनका डा.प्रकाशचन्द्र भट्टराईले युनिभर्सिटीमा हुने पढाई , व्यवस्था र व्यवस्थापनका विषयमा जानकारी दिएको थियो । उहाले काम गरिरहेका मानिसहरुले घरमै बसेर अनलाइन पढाई गर्न सकिने बताउनुभयो । काठमाडौ विश्वविद्यालयले गुणस्तर र खोजमुलन अध्यापन गराउने र वृतिविकास र रोजगारमुलक शिक्षा प्रदान गर्दै आएको विदितै छ । कार्यक्रममा पूर्व कोशी प्रदेशवाट युनिभसिंटीमा अध्ययनरत विद्यार्थी अजित चापागाई, कैलाश खाकी श्रेष्ठ र मेनुका संग्रौला लगायतले युनिभर्सिटीले गराइरहेको शैक्षिक ज्ञान र अनलाईन प्रविधिवाट शिक्षा आर्जन गर्दाका अनुभवहरु आदानप्रदान गरेको थियो । कार्यक्रममा मनमोहन प्राविधिक विद्यालय इन्जिनियरिङ संकायका डिन प्रा.डा. प्रचण्डमान प्रधानको समेत सहभागिता रहेको थियो । काठमान्डौं विश्वविद्यालयले लगायतका विभिन्न विषयहरुमा अध्यापन गराउदै आएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!