तनावग्रस्त पाकिस्तानः हालसम्म दस जनाको मृत्यु, २ हजारभन्दा बढी पक्राउ

Radio Nagarik 100.4 MHz शुक्रबार, बैशाख २९, २०८०

काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै भएको प्रदर्शनमा कम्तिमा १० जनाको मृत्यु भएको छ खानको पक्राउको विरोधमा विभिन्न क्षेत्रमा तीन दिनदेखि भएको हिंसात्मक प्रदर्शनका क्रममा उनीहरूको मृत्यु भएको बिबिसीले जनाएको छ।भ्रष्टाचार, आतंकवाद, अदालतको अपमान लगायत दर्जनौं आरोपमा पूर्वप्रधानमन्त्री खानलाई त्यहाँको सेनाले मंगलबार पक्राउ गरेको थियो।

खान पक्राउ परेपछि उनका समर्थकहरूले मंगलबारबाटै इस्लामावाद लगायतका क्षेत्रहरूमा प्रदर्शन गर्दै आइरहेका छन्।उनीहरूले सैनिक भवन र विभिन्न सरकारी कार्यालयहरूमा आक्रमण गरेका थिए। प्रदर्शनलाई नियन्त्रणमा लिन त्यहाँको सुरक्षाकर्मीले दुई हजार भन्दा बढीलाई पक्राउ गरेको बिबिसीले उल्लेख गरेका छन्।

ल्अभिि पक्राउ पर्नेमध्ये पाकिस्तान तहरिक–ए–इन्साफ ९पीटिआई० पार्टीका सात शीर्ष नेता रहेको बताइएको छ। जसमा पीटिआईका प्रमुख नेता असद उमर र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशी समेत छन्।कुरैशीले इमरान खान रिहा नभएसम्म आन्दोलन स्थगित नगर्न आह्वान गरेका थिए। उनीलाई हिंसा उकासेको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको थियो यसैबीच पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश दिइसकेको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!