टेलिभिजन चोरीको आरोपमा दुई जना पक्राउ

Radio Nagarik 100.4 MHz बिहिबार, बैशाख २८, २०८०

विराटनगर । टेलिभिजन चोरी गरेको आरोपमा प्रहरीले दुई जना पक्राउ परेका छन् | मोरङ बुढीगंगा गाउँपालिका ४ नेमुवा स्थित नविन डिस्ट्रिव्युटर्स प्रा. लिको टिभी चोरी आरोपमा दुई जनालाई पक्राउ गरको हो ।

चोरी आरोपमा मोरङ प्रहरीले बुढीगंगा गाउँपालिका ४ का २९ वर्षीया कोशन ऋषिदेव र सोही ठाउँका १९ वर्षीया सन्दिप कुमार ऋषिदेवलाई बुधबार पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । उनीहरुले चैत २८ गते राती १०ः४० बजे नविन डिस्ट्रिव्युटर्स प्रा। लिको गोदामको झ्यालको रड काटी भित्र प्रवेश गरी २१ थान हिनेस कम्पनीको ३९ ईन्चको टिभी चोरी गरेको आरोप छ । चोरी गरिएका १ थान LED आफ्नै घर नजिकै माटोले छोपेर लुकाई छिपाई राखेको अवस्थामा, ६ थान घरमै लुकाएर राखेको अवस्थामा तथा ८ थान विराटनगर, वुढीगंगा तथा सुनसरीका विभिन्न स्थानमा विक्री गरेको थियोे ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!