आर्या न्यूरोमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिबको’ सफल शल्यक्रिया

डुमरलाल मेहता मंगलबार, चैत्र २८, २०७९

विराटनगर । विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक ‘पाईका एन्युरीज्म क्लिपिब’ को सफल शल्यक्रिया भएको छ । मुटुमा आरएचडि रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिबको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो ।

झापाको हल्दीबारी गाउँपालिका –१ गोलधापस्थित ३३ वर्षीया मन्जु कटुवालको स्तिष्कको पछाडी भागमा रहेको पाईका एन्युरीज्म क्लिपिबको सफल शल्यक्रिया भएको अस्पतालका डाइरेक्टर दिनेश ठाकुरलले जानकारी दिए ।

तीन हप्ता अगाडी टाउँको दुखाइ भएर पिडा भएपछि कटुवाल झापाको मेची र पाथीभारा हस्पिटल गइन् । उक्त हस्पिटलमा उपचार सम्भव नभएपछि विराटनगर जान त्यहाँका चिकित्सकले सुझाव दिए । त्यसपछि उनी आर्या न्यूरो हस्पिटलमा ८ चैतमा आइन् । आर्यामा आएपछि हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालले विरामीको स्वास्थ्य जाँच गरे । एमआरआइ गरेपछि कटुवालको पाईका एन्युरीज्म’ भएको पत्ता लाग्यो । त्यसपछि चिकित्सकले शल्यक्रिया गरिनुपर्ने सल्लाह दिए ।

१२ चैतमा डा. नेपालको नेतृत्वको टिमले कटुवालको मतिष्तक भित्र भएको । पाईका एन्युरीज्म क्लिपिब’ को सफल शल्यक्रिया भयो । टाउँको रगत जमेको थियो । त्यसलाई मेडिकल भाषमा पाईका एन्युरीज्म भन्ने गरिन्छ । रगतको नशामा फुकुन्डो हुन्छ । त्यो फुटो भने हेमोरेज हुन्छ । यो जटिल ठाउँमा हुने गरेकोले हामीले चार घण्टा लगाएर सफल शल्यक्रिया गरिम,’ उपचारमा संलग्न डा. नेपालले भने, यसको उपचार समयमै गरेन भने विरामीलाई बचाउन गाह्रो हुन्छ । त्यसैले विरामीको समयमै उपचार गनुपर्ने हुन्छ ।’

पाईका एन्युरीज्म क्लिपिब’ को अहिलेसम्म दोस्रो पटक शल्यक्रिया गरिएको डा. नेपालले सुनाए । यो सँगै मैले पाईका एन्युरीज्म क्लिपिब’ को दोस्रो पटक शल्यक्रिया गरे,’ उनले भने, यसअघि बी एण्डसीमा गरेको थिए । आर्या न्यूरोमा पहिलो केस हो ।’ २० दिन राखेर सफल उपचार भएपछि सोमबार विरामीको डिस्चार्ज भएको छ । दिदीको सफल उपचार भएपछि विरामीका बैनी मुना भण्डारी दहालले उपचारमा खिटने चिकित्सक र हस्पिटललाई धन्यवाद दिइन्। हस्पिटल ल्याउँदा दिदीको अवस्था एकदमै नाजुक थियो । यहाँ ल्याएर चिकित्सकलाई देखाएपछि शल्यक्रिया गरेर तीन हप्तासम्म उपचार गरेपछि दिदी ठिक हुनुभएको छ,’ डिस्चार्ज भएपछि बैनी मुनाले भनिन्, अहिले दिदी राम्रोसँग हिडडुल गर्न सक्ने हुनुभयो । मज्जाले बोल्न सक्ने हुनुभएको छ ।’ आर्या न्यूरो हस्पिटलमा दिदीले नयाँ जीवन पाएको उनले सुनाइन्।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!