विराटनगरको कोशी एक्स्पो तयारी अन्तिम चरणमा, ४ सय स्टल प्रदर्शनीमा

डुमरलाल मेहता सोमबार, माघ १६, २०७९

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ समितिको आयोजनामा हुने अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी,कोशी एक्स्पो २०२३ को तयारी पुरा गरेको छ। सोमबार प्रदर्शनी स्थलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।

नेपाल उद्योग परिसंघ प्रदेश १ समितिको आयोजनामा हुने मेलाको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी दिदैं आयोजकले भव्य शुभारम्भ गर्दै आसा लाग्दो कारोबार गर्ने अपेक्षा राखेको भीम घिमिरेले जानकारी दिनुभयो ।
विराटनगरमा आयोजना हुने एक्स्पोमा सुनसरी, मोरङ करिडोर, बीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासी औद्योगिक क्षेत्रका उत्पादकहरुले आफ्नो उत्पादन प्रदर्शनी गर्ने भएको छ । कोशी एक्स्पोमा चारसय स्टल प्रदर्शनीमा राखिने जानकारी दिएको छ ।

एक्स्पोको लागत करिब तीन करोड रहेको र चारलाख अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखेको आयोजक समितिको संयोजक राजेन्द्र राठीले बताउनुभयो ।
प्रत्येक दिन बेलुकाको समयमा मनोरंजनका लागि रात्रीकालिन सास्कृतिक कार्यक्रम समेत राखिएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!