हामीले हिजो लेखेका थियौं– प्रधानमन्त्री बालेनले राष्ट्रसंघ महासभामा जलवायु विपद र शक्तिराष्ट्रले थोपरेको युद्दका कारण साना राष्ट्रका जनताले खपेको अत्याचारबारे मुद्दा उठाउने छन् । अन्तत: भयो पनि त्यस्तै । न्युयोर्कबाट ९ असोज, न्युयोर्क (अमेरिका) । ४२औँ स्ट्रिटस्थित इस्ट रिभरको किनारामा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालय बाहिर साँझ छिप्पिँदै जाँदा सिरेटो निकै चिसो हुँदै गएको थियो । […]
विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका छन्। बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौंमै रोकिएका हुन्। देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौं जोड्ने प्रमुख राजमार्ग बन्द हुँदा सार्वजनिक बस […]
काभ्रेपलाञ्चोक । बीपी राजमार्गको दुई स्थानमा रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको छ । काभ्रेका डीएस्पी रविन विष्टका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा र रोशी ७ को घुमाउनेमा बाढीले अस्थायी डाइभर्सन बगाएको हो । यसअघिको बाढीले सडक बगाएपछि उक्त स्थानमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको थियो । त्यस्तै बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, […]
भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै ‘अर्नब’ चक्रवात तटमा ठोक्किएको छ। मौसम विभागका अनुसार यो प्रणाली पछिल्लो ६ घण्टामा ३ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम-उत्तर-पश्चिम दिशातर्फ अघि बढेको थियो। यसले सेप्टेम्बर २३ राति ११ बजेदेखि असोज ०८ गते (सेप्टेम्बर २४) राति १ बजेको बिचमा कलिंगपट्टनमको दक्षिण-पश्चिम तट पार गरेको छ। चक्रवातको प्रभावका कारण धेरैजसो क्षेत्रमा […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ। मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार समूहका आधारमा आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने छ। समूह निर्धारण नगरिएका सांसद पनि संसद् बैठकमा उपस्थित हुनुपर्ने छ। विशेष अवस्थामा […]
रेशम चौधरीको कैद माफीमिनाहा गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतबाट सदर भयो । जघन्य अपराधमा संलग्न भएर कसुरदार ठहरिएको उनको ‘ट्रयाक रेकर्ड’ कायम रहने कि हट्ने भन्ने विवाद सर्वोच्च अदालतमै विचाराधीन छ । ७ असोज, काठमाडौं । सर्वोच्च अदालतले पूर्वसांसद समेत रहेका नागरिक उन्मुक्ति पार्टीका पूर्वअध्यक्ष रेशम चौधरीको कैदको माफी मिनाहा सदर गर्यो । न्यायाधीशहरु शारंगा […]
७ असोज, काठमाडौं । सम्भावित भारी वर्षा र त्यसबाट निम्तिनसक्ने बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले नदीको अवस्था र सम्भावित विपद्को निरन्तर निगरानी गरी सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना (अपडेट) दिने भएको छ । आगामी शुक्रबारदेखि आइतबार (असोज ८, ९ र १० गते) सम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यको […]
राजनीतिक विश्लेषक मुमाराम खनालले नेकपा (एमाले) र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत खनालले टिप्पणी गर्दै कथित समानताको नाममा स्थापित भएको ‘पाखण्डको सिंहासन’ ढलेको बताएका छन्। उनले यस्तो पाखण्डको सिंहासन त्यसै नढलेको उल्लेख गर्दै यसको ‘कुरुप तस्बिर’ इतिहासबाट नामेट हुन अभिशप्त रहेको टिप्पणी गरे। खनालले नेकपा एमालेमा ‘सामन्ती संस्कारको अवशेष’ रहेको […]
जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघ (यूएन) मा सम्बोधन गर्दा नेपालको मधेशी भेषभूषा धाेती, सुरुवाल–कुर्ता तथा गम्छा/पकडी लगाउन सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत राउतले प्रधानमन्त्रीसँग आफूहरूको अपेक्षा यूएनलाई मधेशी भेषभूषामा सम्बोधन गर्नु रहेको बताएका हुन्। उनले यस्तो पोसाकमार्फत नेपाल ‘एकल जातीय राष्ट्रवाद’ मात्र नभई बहुसांस्कृतिक मुलुक भएको सन्देश विश्वमा दिन सकिने […]
४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी, संसद् र सरकारबीच सम्बन्ध बलियो बनाएर लैजानुपर्ने बताएका छन् । आइतबार बसेको रास्वपा सचिवालय बैठकमा उनले यो धारणा राखेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए । ‘पार्टी सभापतिज्युले बैठकमा पार्टी, संसद् र सरकारबीच अन्योन्याश्रित स यस्तै, सचिवालय बैठकमा सभापति लामिछानेले पार्टीका नेता, सांसद र समर्थकको […]