बर्जु । सुनसरीको बर्जु गाउँपालिकामा बाल दिवसको अवसरमा बुधवार पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सानै छु बढ्न देउ विवाह होइन पढेन देउ विषयमा बालबालिकाहरुले आ आफ्ना तर्क प्रस्तुत गरेको थिए । प्लान इन्टरनेशनल नेपाल र कोकनको साझेदारी सहयोग र बर्जु गाउँपालिकाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको कोकनको कार्यक्रम संयोजक दयालाल चौधरीले जानकारी दिए ।
वक्तृत्वकला प्रतियोगितामा १५ जना बालबालिकाहरु भाग लिएका थिए । नेपाल राष्ट्रिय माध्यमिक विधालय गाउँपालिका वडा नम्बर ५ को रुपा पण्डित प्रथम भएको छ ,त्यसरी नै नेपाल राष्ट्रिय शिव माध्यमिक विधालय विधालय गाउँपालिका वडा नम्बर ३को डिपमाला राय दास्रो भएको हो र नेपाल राष्ट्रिय शिव माध्यमिक विधालय विधालय गाउँपालिका वडा नम्बर ३ को मोनिता राय तेस्रो भएको सहदेव मण्डलले बताए । प्रतियोगिता कार्यक्रममा गाउँपालकाको उपाध्यक्ष संगिता राय, महिला तथा बालबालिका शाखा प्रमुखको मनजु शर्मा,कोकनको कार्यक्रम संयोजक दयालाल चौधरी, समाजिक परिचालक सहदेव मण्डल लगायत बालबालिकाहरुको सहभागिता रहेको थियो ।