“अपाङता परिचय पत्र शिविर सम्पन्न” १३४ जनाले पाइयो अपाङता परिचय पत्र

डुमरलाल मेहता बुधबार, भाद्र ३०, २०७८

देवानगञ्ज।सुनसरीको देवानगञ्ज गाउँपालिकामा अपाङता भएका ब्यक्तिहरुको लागि निशुल्क स्वास्थ्य जाँच तथा परिचय  पत्र वितरण शिविर सम्पन्न भएको छ । देवानगञ्ज गाउँपालिका,करुना फाउनडेसन नेपाल र सामनजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को साझेदारी सहयोगमा शिविर सम्पन्न भएको हो । भदौ २२ गते सुरु भएको शिविर आज बुधवार ३० गते सम्पन्न भएको गाउपालिका स्वास्थ्य प्रमुख उमेश मेहताले बताए ।

गाउपालिका भरिमा १३४ जनाले शिविरमा अपाङता परिचय पत्र पाएको अपाङत तथा बालबालिका शाखाको सृजना पोख्रेलले जानकारी दिए । पालिकाको १ नम्बर वडादेखि ७ नम्बर वडामा प्रत्येक वडामा एकएक दिन अपाङता भएका ब्यक्तिहरुको लागि निशुल्क स्वास्थ्य जाँच तथा परिचय वितरण शिविर रहेको थियो ।

विराटनगर आँखा अस्पतालको आँखा र कानको डाक्टरहरु द्धारा ९५३ जनाले स्वास्थ्य जाँच गराएका थिए जसमध्ये १३४ जनाको अपाङता परिचय पत्र पाएको बालबालिका शाखाको पोख्रेलले बताए । अपाङता परिचय वितरण शिविरमा गाउँपलिकाको प्रमुख प्रसाशकिय अधिकृत चुडामणि गुरागाइ , स्वास्थ्य प्रमुख उमेश मेहता, बालबालिका शाखाको सृजना पोख्रेल, डि.पि.ओको अध्यक्ष डुमरलाल मेहता , करुना फाउनडेसन नेपालको डा. पायल अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!