मुकेश यादव
विराटनगर । भारतबाट अवैधरुपमा भित्राएको झण्डै १९ लाख बराबरको औषधी प्रहरीले बरामद गरेको छ । आइतबार विराटनगर स्थित रानी दक्षिण गेटमा वेवारिसे अवस्थामा यति धेरै परिणामको औषधी भेटिएको हो । उक्त औषधी नेपालमा प्रतिबन्धित रहेको छ । बोर्डरको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले को टोलि लाई छलन असफल भएपछि औषधी छाडेर भागको हुन सक्ने प्रहरीको अनुमान रहेकोछ।
बरामद औषधीका सम्बन्धमा आवश्यक कारवाही गर्न औषधी व्यवस्थाप विभाग, विराटनगर कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिए ।