पत्रकार हुँ भन्दै मोवाइल पसलबाट रकम असुल्ने २ जना पक्राउ

श्रीमतीको नाममा मोबाइल पसल दर्ता गर्न नपाइने भन्दै २५ हजार रुपैयाँ असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

Radio Nagarik 100.4 MHz शुक्रबार, भाद्र २५, २०७८

धनगढी । कञ्चनपुरमा श्रीमतीको नाममा मोबाइल पसल दर्ता गर्न नपाइने भन्दै २५ हजार रुपैयाँ असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महेन्द्रनगर बजारस्थित गल्ली नम्बर ४ मा सञ्चालनमा रहेको साई मोबाइल केयरका सञ्चालक अवदेश श्रीवास्तवसँग रकम असुली गरेको आरोपमा नाइस टेलिभिजनका पत्रकार बताउने गोबिन्द बिसी र सन्तोष भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० सिद्धराज न्यौपानेले बुधबार पसलमै पुगेर श्रीमतीका नाममा पसल दर्ता गरेर सञ्चालन गर्न नपाइने भन्दै रकम असुलेको मौखिक जानकारीका आधारमा बिसी र भट्टलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीका अनुसार सुरुमा उनीहरुले पसल सिज गरिदिने भनेर धम्क्याउदै दुई लाख रुपैयाँ माग गरेकोमा पछि २५ हजार रुपैयाँ र दुई वटा मोबाइल पावर बैँक लगेका थिए । उनीहरुले रकम लिदै गरेको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । भारतीय नागरिक श्रीवास्तवले कैलालीको घोडाघोडीकी एक महिलासँग विवाह गरेका थिए । उनले श्रीमतीकै नाममा मोबाइल पसल दर्ता गरेर सञ्चालन गरेका छन् ।श्रोत अनलाइनखबर

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!