रामकुमारी झाँक्रीलक्षित ओलीको टिप्पणी : राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?

Radio Nagarik 100.4 MHz सोमबार, भाद्र २१, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीलक्षित कडा टिप्पणी गरेका छन् । उनले राष्ट्रियताबारे बोल्न पाईन्छ कि पाईँदैन ? भन्ने प्रश्न गरेका छन् ।

पुष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा तत्कालिन नेकपाले काठमाडौंको प्रदर्शनमार्गमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेतृ झाँक्रीले ‘मुखमा कालो टेप बाँधेर’ प्रस्तुत भएकी थिईन् । र, टेप फुकालेर फाल्दै ‘हामीले ल्याएको गणतन्त्रमा बोल्न पाईन्छ’ भनेर सम्बोधन सुरु गरेकी थिईन् ।

त्यही प्रसंगलाई मध्येनजर गर्दै अध्यक्ष ओलीले आज झाँक्रीलाई जवाफ फर्काएका हुन् । उनले भने,‘’आफैले टाँसेको टेप, मास्क फुत्त फालेर फिल्मी स्टाइलमा चट चट फालेर बोल्न पाइन्छ भन्नेहरुलाई अहिले म सोध्न चाहन्छु, तिनीहरु, तिनीहरुको सरकारलाई, देशकोबारेमा, राष्ट्रियताकोबारेमा बोल्न पाइन्छ कि पाइँदैन ? देशकोबारे, राष्ट्रियताकोबारेमा बोल्न पाउनुपर्छ ।’

उनले अघि थपे,‘आफैंले टाँसेको टेप फुकालेर बोल्न पाइन्छ भन्या छन् । अहिले किन भन्न सक्दैनन् ? ति दल, ति दलका नेताहरु, अपराधका हिस्सेदारहरु किन बोल्दैनन् ? हिजो त जसलाई जे पनि गाली गरेको छ । माइतीघर वरिपरी दिनैपिच्छे गाली गरेर बस्या छ ।’

त्यतिमात्रै होईन, उनले हिजो अधिनायकवाद र निरशंकुता भयो भन्नेहरु अहिले कहाँ छन् ? भन्दै प्रश्नसमेत गरे । उनले भने,‘अहिले लोकतान्त्रिक वाक स्वतन्त्रा भो र ? अहिले संविधानविपरीत सिधै चुनौती दिएर बोलेमा कारबाही गर्छु भन्छ । शासन दमनकारी हुन पाउँदैन । शान्तिपूर्ण विरोध अभिव्यक्ति स्वतन्त्रता, विरोध प्रदर्शनको स्वतन्त्रता खोस्न सकिँदैन । खोस्नेलाई तानाशाह भनिन्छ । तानाशाही टिक्दैन भन्ने हामी सबैलाई थाहा छ ।’

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!