थुनुवाको मृत्यु प्रकरण : छानविन गरि दोषिलाई कारवाहीको माग राख्दै प्रर्दशन

Radio Nagarik 100.4 MHz सोमबार, भाद्र २१, २०७८

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका थुनुवाको मृत्युपछि सोमबार विराटनगरमा आफन्तले प्रदर्शन गरेका छन् । आफन्त एवं परिवारका सदस्यले जिल्ला प्रशासन कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । गत शुक्रबार तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३९ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको थियो । लागुऔषध मुद्दामा म्याद थप गर्न अदालतमा लैजाने तयारी हुँदै गर्दा अचानक बेहोस भएर ढलेका कामतको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।

तर मृत्यु शंकास्पद रहेको र प्रहरीको यातनाका कारण भएको भन्दै आफन्त र स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । मृतककी भाउजू मीनादेवी कामतले प्रहरीको यातनाका कारण भीमको मृत्यु भएको दाबी गरिन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले भने शवको पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि घटनाका बारेमा यकिन हुने बताए । उनका अनुसार हिरासतभित्रै अस्वभाविक व्यवहार देखाउन थालेपछि भीमको हात र खुट्टामा हत्कडी लगाउनुपर्ने अवस्था आएको थियो । हत्कडी खुस्काउन बल गरेपछि खुट्टामा चोट लागेको पाइएको प्रहरीले जनाएको छ ।

तर मृतकको खुट्टामा गम्भीर चोट रहेको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि अवस्था तनावपूर्ण बनेको थियो । उनीहरुले मृतकको शव पनि बुझ्न मानिरहेका छैनन् । घटनाको छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही अघि बढाउनुपर्ने माग मृतकका आफन्त र परिवारका सदस्यको छ । यसैबीच घटनाको छानबिन गर्नका लागि मोरङका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको छ । सहायक प्रजिअ नेतृत्वको समितिमा प्रहरी अधिकारी र जनप्रतिनिधि पनि छन् ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!