बुबाको मृत्युपछि स्वास्थ्यकर्मीकाे सपना तुहियाे, राजनितीले तान्याे स्वस्तिकालाई

Radio Nagarik 100.4 MHz आइतबार, भाद्र २०, २०७८

दैलेख । स्वस्तिका १० जना प्रतिस्पर्धीलाई सहमतिमा ल्याएर सभापति बनेकी हुन् । दैलेख दुल्लू नगरपालिका –३ की १९ वर्षीया स्वस्तिका महत यतिवेला सामाजिक सञ्जाल र विभिन्न मिडियामा चर्चामा छिन् । गएको शुक्रबार सम्पन्न नेपाली काँग्रेसको १४ औं अधिवेशनबाट सर्वसहमतिमा वडा सभापति पदमा निर्वाचित भएपछि महतको चर्चा चुलिएको हो ।

उनीसँग सभापतिका लागि प्रतिस्पर्धा गरेका अधिकाँश व्याक्ति ४० बर्षका माथिका र कोही बृद्ध समेत थिए ।

११ वटा स्थानीय तह रहेको जिल्लामा ९० वटा वडा छन् । ९० वडाबाट महत एक्ली कान्छी सभापति हुन् । ‘स्वास्थ्यकर्मी बनेर जनताको सेवा गर्ने सोच थियो । त्यही अनुसार नेपालगञ्जको टेक्निकल एचए पढेँ । गाउँमा आएको बेला सोच बदलियो । राजनितितिर लागेँ ।’ महतले भनिन् ।

स्वास्थ्यकर्मी बनेर जनताको सेवा गर्ने भनेर स्वास्थ्यकर्मी बन्ने सपना बोकेकी स्वस्तिकालाई बुबाको मृत्यु पनि राजनितीमा जोडिने कारण बन्यो । ‘म राजनीतिक वातावरणमै हुकिँए । बुुवाको राजनिति गरेर समाज सेवा गर्ने उद्देश्य थियो । म स्वास्थ्यकर्मी बन्ने योजनामा थिएँ तर म पढदै गर्दा बुबाको मृत्यु भयो ।’ उनले भनिन् ‘बुबालाई जनताले दिएको कामको जिम्मा अधुरै रह्यो त्यही काम पुरा गर्न स्वास्थ्यकर्मीको बाटो छोडेर राजनितितिर आएँ ।’ उनका बुबा भूपेन्द्रजंग महत कांग्रेस दैलेखको उपसभापति थिए । दुई वर्षअघि उनको मृत्यु भएको थियो ।

‘बुवा पार्टी उपसभापति हुनुहुन्थ्यो, राजनीतिबाट समाज परिवर्तन गर्ने लक्ष्य उहाँको थियो,’ वडा सभापतिमा विजयी भएपछि स्वस्तिकाले भनिन्, ‘बुबाको सपना पूरा गर्नका लागि स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतिमा होमिए ।’ स्वस्तिकाले पछिल्लो दुई वर्ष राजनीतिकलाई नजिकबाट बुझ्न पाइन । ‘सबैको मूल नीति राजनीति हो भन्ने बुझ्न पाएँ । राजनीतिमार्फत समाज रुपान्तरण गर्नका लागि समाज र देशको सेवा गर्ने निर्णय उभिए ।’ उनको भनाई थियो । अब यही कर्मबाट विपन्न महिला दलित बालबालिका र दिनदुःखीहरुका घाउमा मलम लगाउने उनको योजना छ ।


स्वस्तिका वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छिन्, त्यतिनै जिम्मेवारी थपिएको महसुस गरेकी छिन् । ‘मलाई विश्वास गरेर पार्टी र वडामा क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा विजयी गराउनु भएको छ । यो विश्वास र भरोषालाई ढल्न दिने छैन । दिन–रात वडाबासीकै काममा खटिनेछु ।’ पार्टी राजनीतिसँगै पढाईलाई पनि निरन्तरता दिने बताइन् ।

राजनीति उत्कृष्ट समाज सेवा हो भन्ने लाग्छ उनलाई । समाज सेवासँगै आफ्नो पढाईलाई पनि निरन्तरता दिने योजना बनाएकी महतले अब स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने बताइन् । ‘अब स्थानीय तहमा पार्टीलाई मजबूत बनाउने विषयमा केन्द्रित हुन्छु ।’उनले भनिन् ‘राजनीतिप्रति युवा पुस्तामा राजनितीप्रति वितृष्णा भएको बुझेकी महत कांग्रेसलाई युवा पुस्ताको आकर्षकको पार्टी बनाउन गाउँ तहदेखिनै सक्रिय हुने बताउछिन् । ‘मेरो वडा, पालिका र जिल्लामा युवा पुस्तालाई राजनीतिमा आकर्षित गर्नका लागि सक्दो भूमिका खेल्छु ।’ उनले भनिन् । उनको वडामा कांग्रेसका १३३ जना क्रियाशील सदस्य छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!