गृहमन्त्री बालकृष्ण खाँणसहितको टोली कोशी कटानको निरीक्षण गर्न उदयपुरको बेलकामा

Radio Nagarik 100.4 MHz शनिबार, भाद्र १९, २०७८

काठमाडौं । सप्तकोशीले कटान गरी धार परिर्वतन गर्ने उच्च जोखिममा रहेको उदयपुरको वेलका नगरपालिकाको तल्लो क्षेत्रको गृहमन्त्री बालकृष्ण खाँडले अवलोकन गरेका छन् । केही दिनअघि आएको बाढीका कारण सप्तकोशीले उदयपुरको बेलका नगरपालिकाको टापु क्षेत्रमा तीब्र कटान गरेको थियो ।

सुनसरी र उदयपुरको सिमानामा रहेको कोशीले उदयपुरतर्फ करिब २ सय मिटर कटान गरिसकेको छ । धेरै कटान हुँदा कोशीले धार परिवर्तन गरी वेलकाको वडा नम्बर २, ३, ८ र ९ का तटीय क्षेत्रमा रहेको वस्ती डुबानमा पर्ने जोखिम थियो । त्यस क्षेत्रमा करिब ८ सय घरधुरीको बसोबास रहेको छ । अवलोकन पछि गृहमन्त्री खाँडले थप कटान हुन नदिन रोकथामका कामहरु गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन समितिलाई गम्भीर भएर काम गर्न उनले भनेका छन् ।

स्थानीय समुदायहरुमा पनि उच्च सुरक्षा सतर्कता अपनाउन उनको आग्रह छ । २०६४ सालमा पूर्वी क्षेत्रमा कटान हुँदा सुनसरीको ठूलो वस्ती नै डुवानमा परेको थियो भने लामो समय पूर्व–पश्चिम राजमार्ग नै बन्द हुन पुगेको थियो । अहिले पश्चिम क्षेत्रमा कटान शुरु गरेकाले बेलैमा सतर्क हुनुपर्ने भन्दै गृहमन्त्रीले सुरक्षाका लागि सरकारले गर्नुपर्ने सबै प्रकारका कामहरु गर्न तयार रहेको बताए ।

‘कोशीमा बाढी जुनसुकै बेला पनि आउनसक्छ, यसका लागि सचेत हुनुप¥यो’ उनले भने, ‘तत्कालका लागि के कसरी जोखिम रोक्न सकिन्छ त्यो गर्ने र दीर्घकालीन समस्याहरु कुटनीतिक तरिकाले पनि मिलाउनु पर्नेछ त्यो पनि हामी दुई देशबीच कुरा गरेर समाधान खोज्छौंँ ।’

अवलोनकनका लागि पुगेका गृहमन्त्री खाँडलाई बेलका नगरपालिकाकाले ६ बुँदे मागपत्र समेत बुझाएको छ । नगरपालिकालको कोशी कटान रोक्न तत्कालै काम थालिनु पर्ने, वडा नम्बर ६ प्रहरी चौकी स्थापना साथै बेलका नगरपालिकाल क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रस्ताव गइसकेको भन्दै स्वीकृतिका लागि अनुरोध गरेको छ । श्रोत अनलाइनखब।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!