हामी सरकारमा जान्छौं, “कम्युनिष्ट पार्टी छोड्दैनौं”:अध्यक्ष नेपालले

Radio Nagarik 100.4 MHz बिहिबार, भाद्र १०, २०७८

काठमाडौं । हामी सरकारमा जान्छौं । पाँच दल भन्ने हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौं । कम्युनिष्ट पार्टी छोड्दैनौं,’ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष नेपालले भने । पत्रकार सम्मेलनमा आगामी दिनमा संस्कारयुक्त क्रान्तिकारी पार्टीको रुपमा अगाडि बढ्ने दाबी नेता नेपालले गरेको छ । बिहीबार क्वालिटी बैकट बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनकाने सरकारमा छिट्टै सहभागी हुने घोषणा गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माक्र्सवाद र लेनिनवादको सिद्धान्तलाई छोड्दै गएको र व्यक्ति केन्द्रित पार्टीको रुपमा नेकपा एमालेलाई अघि बढाउनुभएको आराप लगाउनुहुदै नेता नेपालले विचार र सिद्धान्तलाई आत्मसात् गर्दै नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्ने बताए ।

नेता नेपालले देशको कम्युनिस्ट आन्दोलनको स्थापनाकालदेखिको ऐतिहासिक पृष्ठभूमिबारे बोल्दै उनले नेपाल कम्युनिस्ट पार्टीको संस्थापक पुष्पलालले मार्गनिर्देश गर्नुभएको सिद्धान्तलाई अगाडि बढाइने बताएको छ । सिद्धान्तप्रति निष्ठावान हुँदै नेपाली समाजलाई आवश्यक मोडलको समाजवादको यात्रा आफूहरुको भएको जसमा व्यक्तिहरुमा रमाउने झुण्डहरु, कुसंस्कारीहरु र नेताहरुको भजन मण्डली र आरती उतार्ने झुण्डहरु पार्टीमा हुनेछैन, नेता नेपालले बताए ।

नेकपा (एकीकृत समाजवादी)ले छिट्टै नै राष्ट्रिय सम्मेलन गर्ने र उक्त सम्मेलनमा पार्टीको विचार एवम् सिद्धान्तबारे घनिभूत झलफल गरिने जनाएको छ । यससँगै देशका सबै वामपन्थी शक्तिहरुसँग सहकार्य गर्ने बताउनुहुदै नेतम नेपालले संसद विघटनविरुद्वको गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका शक्तिहरुसँग सहकार्य हुने नेता नेपालले बताए ।

देशको वर्तमान नयाँ परिस्थितिमा माक्सर्वाद लेनिनवादलाई सिर्जनात्मक प्रयोग गर्दै पुष्पलालको विरासतलाई ग्रहण गरेर पार्टी अगाडि बढ्ने नेता नेपालले बताएको हो । पछिल्लो समय आफ्ना समथ छोडेका साथीहरुले पहिले पनि नयाँ पार्टी खोलेको प्रमाण आज पनि निर्वाचन आयोगमा रहेको खुलासा समेत नेपालले गरे ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
प्राविधिक/न्यूज डेक्स :  डुमरलाल मेहता

प्राविधिक:                      रुचि साह

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418