कृषिलाई व्यवसायीकरण गरी स्वदेशमै युवालाई रोजगार: मन्त्री कार्की

Radio Nagarik 100.4 MHz बिहिबार, भाद्र १०, २०७८

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बुधबार सुखसेना नहर जल उपभोक्ता समन्वय समितिको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको धेरै भूभाग कृषि योग्य भए पनि सिंचाई, मल र प्राविधिकको अभावले व्यवसायीकरण हुन नसकेकाले अब सरकारले कृषिलाई व्यवसायीकरण गरी स्वदेशमै युवालाई रोजगार सृजना गर्ने बताए ।

मन्त्री कार्कीले कृषिमा आनुनिकीकरणसँगै व्यवसायीकरण गर्ने र त्यसका लागि देश नै जलस्रोतको धनी भएकाले सिंचाईमा समेत ध्यान दिने बताए । खेर गइरहेका पानीलाई नहर, कुलो पैनीको माध्यमबाट किसानको खेतसम्म पुरर्याउने र कृषिलाई व्यवसायीकरण गरी विदेशीन हतारिएका युवाहरुलाई स्वदेशमै रोजगार सृजना गर्ने गरी आकर्षक कार्यक्रम ल्याउन सरकार तयारीमा रहेको जानाकारी दिए । तराई मधेस क्षेत्र अन्नको भण्डार भनिए पनि देशका नागरिकका लागि अझै विदेशबाट अन्न आयात गर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई हटाउन र आफ्नै देशमा उत्पादन वृद्धि गरी विदेश पठाउने गरी काम गर्न जरुरी रहेको बताए ।

उनले कृषि क्षेत्रमा उत्पादन बढाउनका लागि १२ महिना सिंचाईको आवश्यक भए पनि हालसम्म नभएकाले त्यसको अध्ययन र कार्यान्वयन गर्न सरकार कसरत गरिरहेको बताए । जनउपभोक्ताहरुको ऐन कानुन र विधेयक बनाउनुपर्ने जिज्ञासामा मन्त्री कार्कीले केवल ऐन, कानुन र विधेयक, कार्यविधि मात्रै भएर नहुने भएकाले त्यसको कार्यान्वयनको प्रत्याभूत समेत हुन जरुरी रहेको छ । आफू यसैक्षेत्रबाट निर्वाचित संघीय सांसद भएकाले धेरै किसान, नागरिक र स्थानीयको पीडा र समस्या एवम सवाल थाहा भएकाले क्रमशः सम्बोधन गर्दै जाने बताए ।

फरक प्रसंगमा नेपाल सरकार प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले यो वर्ष भित्र सबै नेपाली नागरिकलाई कोराना विरुद्ध खोप लगाउने सरकारको तयारी रहेको जानाकारी दिए । नागरिकको जीवन रक्षा गर्नु राज्यको दायित्व भएको र नागरिकको अभिभावक सरकार भएकाले सरकार अभिभावकत्व निर्वाह गर्ने बताए । मन्त्री कार्कीले नियमित रुपमा आइरहेको खोप निरन्तर रुपमा उमेर समूह अनुसार दिँदै आएकाले खोप पूर्ण नभएसम्म सावधानी अपनाउन नागरिकमा अपिल समेत गरे ।

त्यसैगरी, मन्त्री कार्कीले बुधबार कोशीटप्पु वन्यजन्तु आरक्षमा कोशी गाउँपालिकाले आयोजना गरेको पीडितको गुनासो सुनुवाई कार्यक्रममा उठेका सवालमा मृगकुञ्जलाई राष्ट्रिय निकुञ्ज बनाउन आग्रह गरेकोमा त्यस बारेमा आफू सकारात्मक रहेको बताए ।
कार्यक्रममा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले ५ पृष्ठको माग, सुझाव, सामाधानका उपाय सहितको ध्यानाक्रषर्ण पत्रको हकमा मन्त्री कार्कीले मागलाई सम्बोधन गर्न प्रक्रिया अगाडि बढाउन पहल गर्ने बताए ।

आफू सुनसरीबाटै चुनाव जितेर हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्री बनेकोले यस क्षेत्रमा नागरिकको हितमा सबै खाले पहल, प्रयास र योगदान गर्ने बताउनुभयो । मन्त्री कार्कीले आफूलाई अध्यक्ष अंसारीबाट काठमाडौं र अहिले कोशीटप्पुमा आएको आरक्षको जग्गा राष्ट्रिय निकुञ्जको मापदण्ड अनुसार पुग्ने देखिएकाले आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्नुभएकाले आफू सकारात्मक रहेको प्रतिवद्धता जनाए ।

हाल १७५ वर्गकिलोमिटरमा फैलिएको आरक्ष निकुञ्ज बने अझै विस्तार हुनेछ । निकुञ्ज बनेपछि एकातर्फ हात्ती आतङ्क नियन्त्रणमा आउने र अर्कातर्फ विदेशी पर्यटक बढ्ने कोशीको जनप्रतिनिधिहरूको विश्वास छ । निकुञ्जको क्षेत्रफल ठूलो हुने भएकाले हाल बस्तीमा आएर आतङ्क मच्चाउने हात्ती निकुञ्जभित्रै नियन्त्रणमा रहन सक्ने तर्क स्थानीयको थियो । निकुञ्ज बनेपछि वन्यजन्तु तथा चरा हेर्नकै लागि पनि विदेशी पर्यटकहरू आउने सम्भावना  छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!