विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका छन् ।
विराटनगरमा आयोजित प्रदेश १ स्तरीय अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली राष्ट्रघाती भएको बताएका हुन् । नयाँ नक्सा पास गरेको केही दिनपछि ओलीले लम्पसार परेर लौ प्रभु मैले गल्ती गरें मलाई जोगाइदेऊ भन्दै शरणमा परेर देशको शीर निहुराउने काम गरेको उनको भनाइ थियो ।
‘ओली राष्ट्रवादी होइनन्, नक्कली राष्ट्रबादीको खोल ओडेर जनतालाई झुक्याएर, भ्रममा पारेको अहिले देखा परिरहेको छ,’ यादवले भने, ‘केपी जतिको राष्ट्रघाती कोही पनि देखिन ।’
संघीयता मास्नका लागि प्रतिमागी षडयन्त्र असफल भएको बताउँदै उनले फेरि पनि संघीयता समाप्त पर्ने षडयन्त्र हुने बताए । २००७ साल यताका परिवर्तन संस्थागत हुन नसकेको बताउँदै उनले जनआन्दोलन र मधेश आन्दोलनको उपलब्धी मास्ने षडयन्त्र भइरहेको बताए । श्रोत: अनलाइनखबर बाट