दल विभाजन अध्यादेश ओली प्रवृत्तिकै निरन्तरता : डा. बाबुराम भट्टराई

Radio Nagarik 100.4 MHz बुधबार, भाद्र ०२, २०७८

काठमाण्डौ । संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाइ छ । ‘संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु भनेको ओली प्रवृत्तिकै निरन्तरता हो ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश केपी शर्मा ओली प्रवृत्तिकै पुनरावृत्ति भएको बताएका छन् । जसले गरे पनि यो गलत हो । लोकतन्त्रविरोधी हर्कत हो,’ डा. भट्टराईले अनलाइनखबरसँग भने, ‘यो कदम कुनै पनि हालतमा सह्य हुँदैन ।’

ओली प्रवृत्तिकाविरुद्ध लडेर वैकल्पिक गठबन्धन निर्माण गर्न आफूहरुले भूमिका खेलेको तर यही गठबन्धनको सरकारले पुरानै प्रवृत्ति दोहो¥याउनु दुर्भाग्य हुने भट्टराईले बताए । अध्यादेशले गठबन्धनको छविलाई नराम्ररी धमिल्याउने उनको भनाइ थियो ।

सांसद पद जोगाउने गरी अध्यादेश ल्याउनु भनेको त झनै प्रतिनिधिमूलक लोकतन्त्रको हत्या नै गर्नुसरह भएको डा. भट्टराईको भनाइ थियो । ‘पार्टी छोड्न, फुटाउन, नयाँ बनाउन पाइन्छ तर सांसद पदमा पनि भइराख्ने, लोभ राखिराख्ने प्रवृत्ति लोकतन्त्रका लागि घातक हो,’ भट्टराईले भने, ‘यो धेरै गम्भीर विषय हो ।’

‘देउवाजीले अध्यादेश फिर्ता गर्नुपर्छ । गलतलाई गलत भन्न सक्नुपर्छ,’ डा. भट्टराईले भने, ‘जुनसुकै व्यक्तिले ल्याए पनि पार्टी विभाजन अध्यादेश हिजो पनि गलत थियो, आज पनि गलत नै हो ।’

देशमा अध्यादेशबाट राज चलाउन खोज्नु आफैंमा गलत भएको भट्टराईको भनाइ थियो । ‘ओली, देउवा र मैले नै यो काम गरे पनि गलत हो । लोकतन्त्र बचाउन लडेका हौं, यसैको उपहास हुन दिन्नौं,’ डा। भट्टराईले भने, ‘कसैलाई क्षणिक फाइदा पनि पुग्दा तर दीर्घकालीन रुपमा घातक नै हुने छ ।’

प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेशले गठबन्धन कायमै रहने भए पनि आफ्नो विरोध रहने भट्टराईले बताए । ‘अग्रगामी गठबन्धनबाट फेरि प्रतिगामी कदम चालिन्छ भने म विरोध गर्छु,’ भट्टराईले भने, ‘अध्यादेशले मुलुकलाई अस्थिरतातिर लैजान्छ ।’

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!