काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा हितेन्द्रदेव शाक्यले रिट निवेदन दर्ता गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले सोमबार घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गर्नुभएको रिट निवेदन दर्ता भएको जानकारी दिए । रिट निवेदनमा शाक्यले विद्युत प्राधिकरणमा आफैँलाई कायम गर्न अन्तरिम आदेशको माग गरेको छ । प्रवक्ता दाहालले शाक्यको रिटमाथि बुधबार सुनुवाइ तोकिएको बताएका छन् । शाक्यलाई ऊर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिई चार वर्षका लागि नियुक्ति गरिएको थियो ।