जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन उदघाटन

Radio Nagarik 100.4 MHz बिहिबार, साउन २८, २०७८

सुुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीको सुविधा सम्पन्न नयाँ भवनको उद्घाटन गरेको छ । बिहिवार जिल्ला प्रहरी कार्यालय सुनसरीको नव निर्मित कार्यालय भवनको समुदघाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले गरिएको छ । कोभिड – १९ का कारण स्वास्थ मापदण्ड अपनाउदै कार्यक्रम आयोजना गरि नवनिर्मित भवनको समुदघाटन गरिएको छ ।
नेपाल सरकारको नौ करोड ३६ लाख ६७ हजार १२० रुपियाँ त्रिहत्तर पैसाको लागतमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुनसरीको भवन उद्घाटन गर्नुभएको छ । समुदघाटन कार्यक्रमलाई संवोधन गर्नुहुदै प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानूनको अक्षरस पालना गर्दै अपराध न्युनिकरण गरेको क्षेत्रीले बताए । उनले प्रहरी प्रधान कार्यालयमा १५ दिन अगाडी गरिएको वार्षिक समिक्षाबाट अपराध न्युनिकरण भएको बताए । गत वर्ष भन्दा २१६ प्रतिशतले फरार अपराधि पक्राउ गरिएको र राजश्व संकलनमा कोभिडको महामारीले सिमा नाकाहरु वन्द भएता पनि गत वर्षका भन्दा ३३ प्रतिशत वढी संकलन गरिएको बताए । क्षेत्रीले बढदै गरेको शहरिकरणको वावजुत पनि यस वर्ष ४.४ प्रतिशत अपराध घटेको र प्रहरीले गर्ने कार्यहरुलाई वस्तुगत बनाई सीसीटीभी जडान गर्न प्रविधियुक्त प्रहरी कार्य, राजश्वमा वृद्धि, फरार प्रतिवादी पक्राउ र सफल मुद्धाको बारेमा हरेक महिनाको अन्तमा मूल्याङ्क् गर्ने गरीएको बताए । महानिरीक्षक क्षेत्रीले भन्यो, “आम जनताले समस्या पर्दा पहिला भगवान, दोस्रोमा आफ्नो परिवार सहित आमाबुवा र त्यस पछि प्रहरी अर्थात मिन इन बल्यू(ःभल ष्ल द्यगिभ)अर्थात प्रहरीलाई बनाउने हुदाँ मलाई प्रहरी सेवाबाट आत्मा सन्तुष्टि दिन्छ, साथै संचारकर्मी मित्रहरुलाई सकारात्मक कुराहरुलाई जोडी समाजमा सकारात्मक संदेश पुर्याउन आग्रह गर्दछु ।”
उनले भन्यो “प्रहरी प्रतीको आस्थालाई कायम राख्न सबैमा पेशाप्रतिको इमान्दारिता अवश्यक छ, साथै नयाँ भवनको निर्माणमा संलग्न सम्पूर्णमा धन्यवाद दिदै नयाँ भवन मार्फत जनताको आशा पनि बढेकोले सेवामा अझ गुणस्तरतियता वढाउनु पर्ने देखिन्छ ।”


महानिरीक्षक क्षेत्रीले सुरक्षा जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले प्रहरीद्धारा संचालित अपराध नियन्त्रण अभियानमा सहभगि हुन सबैमा अनुरोध गरे ।
जिल्ला प्रहरी कार्यालयको नाममा रहेको १६ कठ्ठा ५ धुर जग्गामा सुविधा सम्पन्न कार्यालय भवन एक, हिरासत भवन एक, व्यारेक भवन तीन, नागरिक सहायता कक्ष एक समेत साना ठूला गरी ६ वटा भवनहरु र वरिपरी पर्खाल समेत निर्माण सम्पन्न भएकोले उद्घाटन गरिएको छ ।
इनरुवा नगरपालीका प्रमुख राजन मेहताले शुभकामना मन्त्वय राख्दै नेपाल प्रहरीको कार्य उदाहरणीय रहेको थप जनमैत्री काम गर्न प्रहरीले अनुशासनको पालनमा ध्यान दिनुपर्ने बताए । मेहताले प्रहरी जनताको नजिकको साथी समेत भएको र आपतविपतमा सम्झिने नेपाल प्रहरी भएकाले त्यसमा कार्यरत्त रहनुभएका प्रहरीहरुलाई इमान्दारीपूर्वक काम गर्न आग्रह गरेको छ । त्यसैगरी सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले शुभकामना मन्तव्य दिएका थिए । उनले प्रहरीको कार्यलाई थप उत्कृट रुपमा सम्पादन गर्नका लागि भौतिक पूर्वाधार र भवनले योगदान गर्ने विश्वास व्यक्त गरे ।
सुनसरी प्रहरीलाई भवन निर्माण लगायत भौतिक संरचना निर्माणमा सहयोग गर्ने पालिका अध्यक्ष तथा प्रमुखहरुलाई सम्मान गरिएको छ । प्रहरीले ईनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सार, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीलाई सम्मान पत्र सहित सम्मान गरेको छ । त्यसैगरी उद्घाटन समारोहमा उत्कृष्ट कार्य गर्ने प्रहरीहरु प्रहरी उपरीक्षक कमल थापा, प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्की, प्रहरी निरिक्षक जयदेव माझी र प्रहरी सहायक निरिक्षक भक्तवहादुर विष्ट तथा सुनसरी प्रहरीका सहयोगीहरुमा संचारकर्मी अधिकारकर्मीलाई प्रशंसा पत्र सहित सम्मान गरेको थियो ।


नयाँ भवनको निर्माणवाट कार्य मैत्री वातावरण वन्नुका साथै प्रहरीले दिने सेवा प्रवाहमा समेत सहजता आएको सुनसरीका प्रहरी प्रमुख संजय सिंह थापाले स्वागत मन्तव्यका क्रममा राख्नु भएको थियो । १ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार वि.सी.सबै सहभागीमा धन्यवाद ज्ञापन गरेको थियो ।
प्रहरी प्रधान कार्यालय भौतिक पुर्वधार निर्देशनालयको भूकम्प प्रतिरोधात्मक डिजाईनमा दुई चरणमा निर्माण भएका भवनहरु गौरी पार्वती÷कोशी एण्ड न्यौपाने जे.भी. नयाँ बानेश्वर –१० काठमान्डौ र आशिर्वाद निर्माण सेवा प्रा.ली. त्रियुगा–७ उदयपुरले संपन्न गरेको हो ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!