निषेधाज्ञामा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै

Radio Nagarik 100.4 MHz बुधबार, साउन २७, २०७८

विराटनगर । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्टले दिन–प्रतिदिन संक्रमण र मृत्युदरलाई बढाएर तहल्का मच्चाइरहेको छ । यस्तो बेला घरभित्र बसेर संक्रमणबाट जोगिनु नै सर्वोत्तम उपाय रहेकाले आमनागरिकहरू घरभित्रै थुनिएर बस्न बाध्य छन् । यो बाध्यता मात्र नभई आवश्यकता पनि हो । निषेधाज्ञाले अत्यावश्यक कार्यालयमा काम गर्ने कर्मचारीको बाहेक घरमा बस्ने आमनागरिकको दैनिकी एउटै बनाएको छ । खाने र सुत्ने समयबाहेक अन्य खाली समयमा नागिरकहरू सामाजिक सञ्जालमा व्यस्त रहने गरेका छन् । फलस्वरूप सामाजिक सञ्जालको प्रयोग उच्च बन्दै गइरहेको छ । तसर्थ, निषेधाज्ञाको बेला सामाजिक सञ्जाल समय बिताउनका लागि गतिलो माध्यम बनेको छ ।
सामाजिक सञ्जालअन्तर्गत फेसबुक, टिकटक, भाइबर, म्यासेन्जर, ट्विटर, इन्स्टाग्राम आदि पर्छन् । यस्ता सामाजिक सञ्जालका पनि सकारात्मक र नकारात्मक दुवै पाटा हुन्छन् ।
सामाजिक सञ्जालको प्रयोग गर्न सहज भएकाले जो–कोहीले यसको सजिलै क्षणभरमै प्रयोग गर्न सक्छन् । कुनै पनि कुराको सकारात्मक कुराभन्दा नकारात्मक कुरा चाँडो फैलने भएकाले सामाजिक सञ्जाल प्रयोगकर्ताको असावधानी र अज्ञान भएकोले यसको नकारात्मक असर बढ्दै जान थालेको छ । निषेधाज्ञाको समयमा प्रयोगकर्ताले सामाजिक सञ्जालको बढी प्रयोग गर्ने भएकाले अहिले प्रयोगकर्तालाई के सही र के गलत भनेर छुट्ट्याउन समेत मुस्किल परेको छ । अव्यवस्थित र नियम उल्लंघन गर्दै लेखिने समाचार, अनियन्त्रित रूपमा खुलेका अनलाइन र विभिन्न असान्दर्भिक विचारले सामाजिक सञ्जाल प्रयोगकर्तामा भ्रम फैलाइरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा आउने कुराले मानिसलाई आतंकित पार्नुका साथै मानसिक तनावसमेत दिन थालेको छ । सामाजिक सञ्जालमा आउने अफवाह सामग्री, शवका तस्बिर अनि मन र आत्मबल घट्ने पोस्टले थप पीडा थप्दै छ ।
आजकाल सामाजिक सञ्जालमा शुभकामनाभन्दा धेरै श्रद्धाञ्जली र समवेदनाका शब्दहरू बढ्दै छन् । यस्ता समवेदना र श्रद्धाञ्जलीले पीडित परिवारको पीडा कम हुनुको सट्टा झन् थपिदिन्छ । हतारमा गरिएका पोस्ट र खुलाउन नहुने कुराले सम्बन्धित व्यक्तिलाई पु(याउने असर कसैले लेखाजोखा गर्न सकिँदैन । यस्ता कुराले पोस्ट गर्ने व्यक्तिलाई मात्र नभई सामाजिक सञ्जाललाई हेर्ने दृष्टिकोण नै नकारात्मक बनाइरहेको छ । सामाजिक सञ्जालमा हुने यस्ता नकारात्मक कुराहरूका कारण सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको छ । त्यसैले यस्ता नकारात्मक कुरालाई सबैले हतोत्साहित गर्नुपर्छ । सामाजिक सञ्जालको दुरुपयोग गर्ने जो–कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । सामाजिक सञ्जालमा आत्मबल बढाउने र तथ्यसहितका सही कुरा मात्र पोस्ट गरी सामाजिक सञ्जालको सदुपयोग गर्न आवश्यक छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!