कोशी सरकारबाट बाहिरिँदै कांग्रेस, मन्त्रीहरूको राजीनामा आजै

Radio Nagarik 100.4 MHz बुधबार, साउन २७, २०८३

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरिने भएको छ । एमाले-नेकपाबीचको सहकार्यपछि कोशीबाट कांग्रेस बाहिरिएको हो । पार्टी केन्द्रको निर्णयअनुसार सरकारमा सहभागी कांग्रेसका ४ मन्त्री र १ राज्यमन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाउँदै छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार सरकारबाट बाहिरिने निर्णयअनुसार मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् । कांग्रेसका मन्त्रीहरूलाई बुधबारसम्म राजीनामा दिन पार्टीले निर्देशन दिएको थियो । सोहीअनुसार मुख्यमन्त्री कार्कीले कांग्रेसका मन्त्रीहरूलाई बिदाई गर्न बुधबार ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मनबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार २०८१ भदौ २ गते कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी भएको थियो । त्यसपछि दोस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा २०८२ पुस २२ गते कांग्रेसका मन्त्रीहरू नियुक्त भएका थिए ।

कांग्रेस सरकारबाट बाहिरिएपछि कोशी प्रदेशमा एमाले-नेकपाबीचको नयाँ राजनीतिक समीकरण बन्दैछ । कांग्रेस बाहिरिएसँगै चाँडै नयाँ मन्त्रीमण्डल गठनको गृहकार्य सुरु भएको छ

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!