विराटनगरमा दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०२५ आयोजना हुँदै

भोजराज घिमिरे शुक्रबार, पौष ११, २०८२

विराटनगर — साहित्य, संस्कृति र समाजको समृद्धिलाई केन्द्रमा राख्दै मैथिली एसोसिएशन नेपालको आयोजनामा विराटनगरमा दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन २०२५ आयोजना हुने भएको छ।
मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत सम्मेलनबारे जानकारी दिइएको हो। आयोजकका अनुसार सम्मेलनमा नेपाल र भारतसहित विश्वका विभिन्न मुलुकबाट १०० भन्दा बढी विद्वान, लेखक, भाषा–संस्कृतिकर्मी तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहनेछ।
सम्मेलनमा मैथिली भाषा, साहित्य, संस्कृति र पहिचान, प्रवासमा रहेका मैथिलीभाषी समुदायका चुनौती, भाषासँग जोडिएका रोजगारीका अवसर, मैथिली चलचित्रको वर्तमान अवस्था र भविष्य, सांस्कृतिक क्षरण रोकथाम, युवा पुस्तामा मातृभाषाप्रतिको चेतना लगायत ११ वटा महत्वपूर्ण विषयमा विद्वत् विमर्श गरिनेछ।
मैथिली एसोसिएशन नेपालका केन्द्रीय उपाध्यक्ष पंकज कुमार बर्माले उक्त जानकारी दिनुभयो।
विमर्शका साथै सम्मेलनमा मिथिला समाजको विविध सांस्कृतिक झाँकी, मैथिली भाषा–साहित्यसम्बन्धी पुस्तक प्रदर्शनी, मिथिला चित्रकला, वैदिक परम्पराअनुसार वेदपाठ र शंखघोष, कवि सम्मेलन, लोकगीत तथा लोकनृत्यको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।
मैथिली एसोसिएशन नेपालकी केन्द्रीय उपाध्यक्ष आभा अनुपमाले सम्मेलनले मिथिला संस्कृतिको जीवन्त झलक प्रस्तुत गर्ने बताउनुभयो।
मिथिला क्षेत्र नेपाल र भारत दुवै देशमा फैलिएको तथा मैथिलीभाषी समुदाय विश्वभर फैलिएको सन्दर्भमा सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रत्यक्ष प्रसारण गर्ने तयारीसमेत गरिएको आयोजकले जनाएको छ।
आयोजक संस्थाका अनुसार प्रवासमा रहेका मैथिलीभाषी समुदायमा भाषा, साहित्य र संस्कृतिप्रतिको चेतना अभिवृद्धि गर्नुका साथै कोशी प्रदेश र मिथिला क्षेत्रको पर्यटन, संस्कृति र आर्थिक विकासका सम्भावनाहरू उजागर गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको छ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा आयोजना हुने सम्मेलनमा पर्यटन, वन तथा वातावरण मन्त्रालय, विराटनगर महानगरपालिका, भाषा प्रतिष्ठानलगायत विभिन्न संस्थाहरूको सहयोग रहेको छ।
सम्मेलन १२ र १३ गते दुई दिनसम्म सञ्चालन हुने जानकारी दिँदै मैथिली एसोसिएशन नेपालका केन्द्रीय अध्यक्ष प्रबीन नारायण चौधरीले नेपाली र हिन्दी भाषाका विद्वानहरूसँग अन्तरसम्बन्ध विस्तार गर्दै मैथिली भाषाको विकासमा साझा संकल्प लिइने बताउनुभयो।
सम्मेलनको मुख्य प्रायोजक नेपोमिट टाइल्स रहेको छ भने रमपम चाउचाउ, क्लाउड फर्स्ट कम्प्युटिङ कम्पनी (हैदराबाद), प्राइम अस्पताल लगायत विभिन्न संघ–संस्था तथा व्यक्तिहरू सह–प्रायोजकका रूपमा रहेका छन्।
मैथिली एसोसिएशन नेपालको केन्द्रीय कार्यालय विराटनगर–१२, मोरङमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले सम्मेलन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, संरक्षक उमेश यादव, मैथिली सेवा समितिका अध्यक्ष डा. एस. एन. झा, आयोजन समिति सदस्यहरू तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्।
कार्यक्रमको अन्त्यमा सम्मेलनका निष्कर्षसहित साझा घोषणापत्र सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!