अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२को आम्दानी–खर्च सार्वजनिक

भोजराज घिमिरे आइतबार, मंसिर २२, २०८२

पथरी शनिश्चरे,  अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ को आम्दानी तथा खर्च विवरण सार्वजनिक गरिएको छ। पथरी शनिश्चरे–११ फुटबल क्लबले शनिबार वडा नं. १ शिखरचोकमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत समग्र आर्थिक विवरण प्रस्तुत गरेको हो।

क्लबले सार्वजनिक गरेको विवरण अनुसार प्रतियोगिताबाट कुल ४५ लाख ४० हजार १५० रुपैयाँ आम्दानी भएको छ। त्यसमध्ये ४२ लाख ३६ हजार २०० रुपैयाँ खर्च भएको र क्लबको खातामा ३ लाख ३ हजार ९५० रुपैयाँ बचत रहेको जानकारी प्रदान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

गत कात्तिक १५ गतेदेखि २२ गतेसम्म सम्पन्न उक्त खुल्ला नकआउट फुटबल प्रतियोगिता व्यवस्थापन, प्रतियोगिता सञ्चालन तथा खेलकुदको समग्र प्रवर्द्धनका दृष्टिले सफल रहेको आयोजकले जनाएको छ।

प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित बनाउन महत्वपूर्ण सहयोग पु¥याउने पथरी शनिश्चरे नगरपालिका, नगर खेलकुद समिति, मुख्य प्रायोजक इन्ट्रा फाउन्डेसन अमेरिका, सांग्रिला युथ फुटबल क्लब अमेरिका, K.I.E.C. इटहरी, फस्ट लिङ्क, सिद्धार्थ बैंक, ब्रिटिस आर्मी, सञ्चारकर्मी, आयोजक उपसमितिका सदस्य तथा विभिन्न व्यक्तित्व तथा संस्थाप्रति क्लबले आभार व्यक्त गरेको छ।

सो अवसरमा क्लबका अध्यक्ष सुमन बिकले दोस्रो संस्करणको यो गोल्डकपले युवा पुस्तालाई सकारात्मक दिशामा डोर्याउन मद्दत पुर्‍याएको बताउँदै, आगामी दिनमा समेत सामाजिक, आर्थिक तथा पूर्वाधार विकासका कार्यक्रम निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा इन्ट्रा फाउन्डेसन अफ अमेरिकाका नेपाल प्रतिनिधि राम बानियालगायत क्लबका पदाधिकारीहरूको उपस्थिति रहेको सम्मेलनमा प्रतियोगिताको सफलतामा योगदान गर्ने सञ्चारकर्मीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!