पथरी शनिश्चरे क्षेत्रमा सेवारत लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

भोजराज घिमिरे शनिबार, कार्तिक ३०, २०८२

पथरी शनिश्चरे क्षेत्रमा सेवारत लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

पथरी शनिश्चरे समाचारदाता, कार्तिक २९ गते।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘C’ अन्तर्गत पथरी शनिश्चरे क्षेत्रमा क्रियाशील लायन्स क्लबहरूको संयुक्त पदस्थापन समारोह शुक्रबार हरियाली सामुदायिक भवनमा सम्पन्न भयो। कार्यक्रममा डिष्ट्रिक्ट ३२५ ‘C’ का गभर्नर लायन बबरजंग थापा प्रमुख अतिथि रहेका थिए।

लायन वर्ष २०२४/२५ का क्लब अध्यक्षहरूले २०२५/२६ का नयाँ अध्यक्षहरूलाई पदभार हस्तान्तरण गरे। क्रमशः लायन्स क्लब अफ पथरीका प्रेसीडेन्ट लायन मुरारी आचार्यले हेमसागर चापागाईंलाई, लायन्स क्लब अफ पथरी शनिश्चरेका प्रेसीडेन्ट अनिता राईले सावित्रा राजभण्डारीलाई, र पथरी क्रियटिभ लेडीजका प्रेसीडेन्ट चमेली बेघाले विन्दु राईलाई पद हस्तान्तरण गरे।

त्यसै अवसरमा लायन्स क्लब अफ पथरीले लायन राजेन्द्र कार्कीको अध्यक्षतामा लायन्स क्लब अफ पथरी हेल्थ प्रोफेशनल गठन गरेको घोषणा गरियो। नयाँ क्लबको स्थापना तथा प्रमाण–पत्र प्रमुख अतिथि गभर्नर थापाले हस्तान्तरण गरे।

कार्यक्रममा वरिष्ठ लोकगायक महेश बुढाथोकीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी विशेष सम्मान गरिएको थियो। सम्मानपछि उनले ‘काफल गेडी’, ‘पथरी बजार’ लगायतका लोकप्रिय गीतहरु प्रस्तुत गर्दै लायन्स Club द्वारा गरिँदै आएका सामाजिक सेवाको प्रशंसा गरे।

यस क्षेत्रमा पहिलो लायन्स क्लबको रूपमा स्थापित लायन्स क्लब अफ पथरी ले मानवीय सेवामा गरेको योगदानको कदर गर्दै संस्थापक प्रेसीडेन्ट लायन रामकुमार बस्नेतलाई पूर्व अध्यक्ष तथा पदाधिकारीहरूले सम्मान गरे। बस्नेतको नेतृत्वमा सुरू गरिएको क्लवले हालसम्म यस क्षेत्रमा थप ४ वटा लायन्स क्लब स्थापना गर्न भूमिका खेल्दै आएको छ।

कार्यक्रममा एरिया चिफ रोहित शाह, चिफ एड्भाइजर उदयरानायण बराल, क्याबिनेट ट्रेजर नागेश पोखरेल, सेक्रेटरी नेत्रप्रसाद चम्लागाईं, पिडिजी धिरज गुरुङ, भाइस गभर्नर रमेश खत्री र लिलाप्रसाद चिमरिया, जिटि कोर्डिनेटर राजन खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

पदभार ग्रहण गर्दै नयाँ प्रेसीडेन्टहरूले सामाजिक सेवामा अझ समर्पित भएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे। लायन्स क्लब अफ पथरीका प्रेसीडेन्ट हेमसागर चापागाईंले “आदेश होइन, सेवाको नेतृत्व गर्ने” प्रतिबद्धता जनाउँदै सबैको साथ र सहयोगको अपेक्षा गरे।

कार्यक्रममा विराटनगर, इटहरी, धरान, विराटचोक, उर्लाबारी, दमक, सुरुङ्गा क्षेत्रका लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य लायन्स क्लब अफ पथरीका संस्थापक प्रेसीडेन्ट रामकुमार बस्नेतले राखेका थिए भने सञ्चालन लायन रोशन बुढाथोकीले गरेका थिए।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!