विराट गोल्डकप फुटबल–२०८१ : नौँ संस्करण नाफामा, आयोजकद्वारा हिसाब–किताब सार्वजनिक

भोजराज घिमिरे शनिबार, कार्तिक ३०, २०८२

विराट गोल्डकप फुटबल–२०८१ : नौँ संस्करण नाफामा, आयोजकद्वारा हिसाब–किताब सार्वजनिक

विराटनगर । विराट गोल्डकप फुटबल टुर्नामेन्ट–२०८१ को आम्दानी–खर्च विवरण आयोजक समितिले सार्वजनिक गरेको छ। २०८१ फागुन १९ देखि २८ गतेसम्म विराटनगरको सहिद रंगशालामा सम्पन्न प्रतियोगिताको आर्थिक प्रतिवेदन संयोजक नविन रिजालले बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रस्तुत गरे।

आयोजकका अनुसार लगातार सातौँ र आठौँ संस्करणमा घाटा बेहोरे पनि नवौँ संस्करण भने नाफामा पुगेको छ। सातौँ संस्करण विराटनगर महानगरपालिकामार्फत र आठौँ संस्करण ट्रष्टले आफैं आयोजना गरेपछि नवौँ संस्करणको जिम्मेवारी संयोजक रिजाललाई दिइएको थियो।

१ करोड ७ लाख आम्दानी, १ करोड ४ लाख खर्च

समितिले प्रतियोगिता सञ्चालनका क्रममा १ करोड ७ लाख रुपैयाँ आम्दानी भएको र १ करोड ४ लाख रुपैयाँ खर्च भएको जानकारी दिएको छ।
यसअनुसार प्रतियोगिता ३ लाख रुपैयाँ नाफामा रह्यो।
आयोजक संयोजक रिजालले व्यक्तिगत रूपमा १ लाख रुपैयाँ थपेर ४ लाख रुपैयाँ विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीलाई हस्तान्तरण गरे।

पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं संविधानसभा सदस्य पवनकुमार सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा लगायतको उपस्थिति थियो। ट्रष्टका अध्यक्ष शाहीले आगामी प्रतियोगिता सम्बन्धी धारणा १५ दिनभित्र सार्वजनिक गर्ने जनाए।

गोल्डकप असफल बनाउने प्रयासको आरोप

पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगितामा विभिन्न अवरोध सिर्जना गरिएको आरोप लगाए। संयोजक रिजालले विशेषगरी कोशी प्रदेश सरकारप्रति असन्तुष्टि जनाउँदै, ‘गोल्डकपमा धेरै राजनीति भयो, सरकारले दिने भनेको रकममा समेत बार्गेनिङ गरियो,’ भने।
उनको भनाइमा फाइनल खेलमा मात्र १ हजार ८ सयभन्दा बढी निःशुल्क पास वितरण गर्नुपरेको थियो, जसले प्रायोजक र संघ–संस्थासँग मिलेर काम गर्न चुनौती थपेको छ।

‘असफल बनाउने धेरै प्रयास भए, तर सबैको साथ र सहयोगले गोल्डकपलाई नाफामा ल्याउन सफल भयौं,’ रिजालले भने।

आगामी संस्करणबारे सुझाव र आग्रह

रिजालले आगामी प्रतियोगिता ट्रष्टले नै आयोजना गर्नुपर्ने धारणा राख्दै एन्फालाई विराटनगरको लागि अनुकूल मौसममा खेल तालिका तय गरिदिन आग्रह गरे।
साथै उनले सहिद रंगशालाको फ्लडलाइटको दुरुपयोग रोक्नुपर्ने, गोल्डकपमा निःशुल्क पासको प्रथा अन्त्य गर्नुपर्ने र खेल आयोजनामा राजनीतिक हस्तक्षेप नगर्नुपर्ने सुझाव दिए।

संविधानसभा सदस्य पवनकुमार सारडा, अध्यक्ष अनुपम राठी, पूर्वअध्यक्ष प्रकाश मुन्दडा, एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमाललगायतले विराट गोल्डकपलाई निरन्तरता दिन सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरे।

‘विराटनगरको प्रतिष्ठाको प्रतीक गोल्डकप निरन्तर चलिरहनुपर्छ, सबैले हातेमालो गरौं,’ उनीहरूले भने।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!