हरिनगरमा गोली प्रहार गरेर लुट्यो ५ लाख भन्दा बढी रुपैया

Radio Nagarik 100.4 MHz बुधबार, चैत्र २१, २०८०

विराटनगर । सुनसरीको हरिनगरमा आज दिउँसो गोली प्रहार गरी लुटपाट गरिएको छ। हरिनगरा गाउँपालिका २ का ३० वर्षीय आशिफ अन्सारीको साथमा रहेको ५ लाख ३५ हजार रूपैयाँ नगद दिउँसो २:१५ बजेतिर गोली प्रहार गरेर त्रसित बनाउँदै लुटिएको प्रहरीले जानकारी दिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार अन्सारीमाथि इनरुवा नगरपालिका ९ र हरिनगरा ३ को सिमानास्थित नहर नजिकको एकान्त स्थानमा लुटपाट भएको प्रारम्भिक जानकारी आएको छ।

अन्सारी जग्गा बिक्री गरेको रकम बोकेर मालपोत कार्यालयबाट मोटरसाइकलमा घरतर्फ फर्कँदै थियो। ‘गोली पड्किएको जस्तो आवाज सुनेपछि बाटैमा मोटरसाइकल रोकेर वरपर हेरेछन्। अर्को मोटरसाइकलमा आएको ३ जना व्यक्ति साथमा भएको पैसाको झोला लुटेर फरार बनेको जानकारी आएको छ,’ एसपी पोखरेलले भन्नुभयो, ‘घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन। ठाउँठाउँमा प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको छ।’

गोली प्रहार गरेर लुटपाट गरिएको जानकारी प्राप्त भए पनि अन्सारी भने सकुशल रहेको उहाँले बताउनुभयो। उहाँको अनुसार घटनाका बारेमा प्रहरीले दिउँसो २४५ बजेतिर जानकारी पाएको हो। लुटेरा समूहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय देवानगन्ज र हरिनगरा, प्रहरी चौकी भुटाहा लगायतका विभिन्न प्रहरी युनिटबाट टोली परिचालन गरिएको छ।

घटनास्थलमा पुगेर बुझ्दा पुरानो अपाचे मोटरसाइकलमा सवार रहेका ३ जनाले लुटपाट गरेको जानकारी प्रहरीले पाएको छ। प्रहरीका अनुसार लुटपाटमा संलग्नमध्ये २ जनाले कालो र १ जनाले सेतो रंगको कपडा लगाएको भनिएको छ। सशस्त्र प्रहरीसँग समेत समन्वय गरेर लुटपाटमा संलग्नको खोजी व्यापक बनाइएको जानकारी पोखरेलले दिए। उनका अनुसार मातहतका सबै प्रहरी युनिटबाट टोली परिचालन गरिएको छ। प्रहरीले ठाउँठाउँमा चेकजाँचलाई तीव्र बनाउँदै लुटपाटमा संलग्नको खोजी गरिरहेको उहाँले बताउनुयो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!