विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज (शुक्रबार) बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको मृत्यु भएको हो । औद्योगिक कच्चा पदार्थ लोड भएको भारतीय नम्बरको लहरी कोशी राजमार्गबाट करिब एक सय मिटर पूर्वतर्फ पल्टिएको थियो । ट्रक […]
विराटनगर । स्वास्थ्य कार्यालय मोरङले आज विराटनगरमा सरोकारवालासँग गरेको अन्तरक्रिया कार्यक्रममा फागुन १३ देखि खोप लगाउने जानकारी दिएको हो । मोरङका १७ वटै स्थानीय तहका १५९ वडाका ९ महिना देखि १५ वर्ष सम्मका २ लाख ८१ हजार २६३ जनालाइ खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार ९ महिना देखि […]
विराटनगर । गरिब तथा जेहन्दार बिधार्थीहरुलाई न्यानो लुगा बितरण गरेको छ । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ मा रहेको वीरेन्द्र माविमा पुर्व विद्यार्थी समाज र ग्रामथान गाउँपालिका वडा नं. १ कोसहकार्यमा र बिराटनगरका अनिता दुगड, सनराईज सिटि होम लेडिजहरु, काठमाडौं लेडिज सर्कल ११ को आर्थिक सहयोगमा गरिब र जेहन्दार बिधार्थीहरुलाई न्यानो लुगा बितरण गरेको […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण तथा मर्मतमा एउटै कम्पनीलाई पटक–पटक विना प्रतिस्पर्धा काम नदिन निर्देशन दिएको छ । स्थानीय तहले वर्षभरि हुने मर्मतको कामका लागि पटक–पटक ठेक्का नगरी एउटै ठेकेदारबार कोटेसन माग गर्ने र काम दिने गरेका छन् । अख्तियारले यसबारे स्थानय तहलाई सचेत गराएको हो । संघीय मामिला तथा सामान्य प्रशासन […]
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पोखरा–२१ का वडाध्यक्ष मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएर ८ लाख धरौटीमा छुटेलगत्तै अर्को ठगी आरोपमा पक्राउ परेका छन् । पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी मित्रमिलन सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि गत मंसिरदेखि फरार थिए । मंगलबार आफैं अदालतमा उपस्थित भएका […]
काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ । त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ । महसुल […]
चितवन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका हुन् । चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मेरो कुर्सी जाला भन्ने डर नभएको बताएका छन्। उनले आफूलाई कुर्सी हल्लिने डर नभएको पनि बताएका छन् । प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कुर्सी हल्लिने डरले भ्रष्टाचारमा मुछिएका ठूला मान्छेबारे अनुसन्धान अघि नबढेको भन्दै […]
दाङ । ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या भएको छ । घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानेर हत्या भएको हो । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको उहाँकै श्रीमानले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घटना बिहिबार साँझ करिब साढे ७ बजे […]
विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ पोखरेललाई सम्मान गरेको छ । पोखरेललाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरेको हो । त्यस्तै विद्यायलले पर्वतकुमार श्रेष्ठ, लालबहादुर गुरुङ, अजित […]