बुढीगंगामा अन्तर–वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न, उत्कृष्ट ३२ खेलाडी छनोट

भोजराज घिमिरे शनिबार, भाद्र १४, २०८२

बुढीगंगामा अन्तर–वडा स्तरीय फुटबल प्रतियोगिता सम्पन्न, उत्कृष्ट ३२ खेलाडी छनोट
मोरङ,
मोरङको बुढीगंगा गाउँ युवा परिषद्को आयोजनामा “तिन युग तिन नेतृत्व : विगत र वर्तमान स्थानीय नेतृत्वको सम्मान” भन्ने मूल नारासहित अन्तर–वडा स्तरीय फुटबल प्रतियोगिता भव्यतापूर्वक सम्पन्न भएको छ।

मिति २०८२ जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा गाउँपालिकाभित्रका ७ वटा वडा र १३ वटा विद्यालयमार्फत प्रतिनिधित्व गर्ने गरी कुल ८ टिम सहभागी भएका थिए। यसअघि बैशाख २४ गतेदेखि वडा स्तरीय छनौट प्रक्रिया सुरु गरी अन्ततः पालिका स्तरीय टिम निर्माण गरिएको हो।
प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने ३२ जना खेलाडीलाई पालिका स्तरीय फुटबल टिमका लागि छनोट गरी शनिबार औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। प्रारम्भिक चरणमा २ सय खेलाडी सहभागी भएका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमअनुसार छनोट प्रक्रिया सम्पन्न गरिएको आयोजक परिषद्का अध्यक्ष पुजेश कोइरालाले जानकारी दिए।

  1. प्रतियोगिता आयोजना गर्ने उद्देश्यबारे बोल्दै परिषद्का अध्यक्ष कोइरालाले खेलकुदलाई प्रोत्साहन गर्नुका साथै स्थानीय नेतृत्वको योगदानप्रति सम्मान प्रकट गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको बताए। उनले भने, “प्रतिभा पहिचान गरी उत्कृष्ट खेलाडी छनोट गर्ने नै हाम्रो लक्ष्य हो, यसबाट युवा खेलाडीको भविष्य उज्यालो हुन्छ।”
    बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले युवा पुस्ताको व्यक्तित्व विकास गर्ने र उनीहरूलाई कुलतबाट टाढा राख्ने उद्देश्यले फुटबल टिम गठन गर्न लागिएको जानकारी दिए। “८ वर्षदेखि विभिन्न उमेर समूहलाई समेटेर क्लब बनाएर प्रशिक्षण सुरु गर्ने तयारी गरेका छौं,” अध्यक्ष थापा मगरले बताए। उनले खेलाडीलाई निरन्तर अभ्यासका लागि कोच र डाइट व्यवस्थापन समेत गाउँपालिकाले गर्ने बताए।
    १२ लाख रुपैयाँ सहयोगमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा पालिका स्तरीय फुटबल टिमका लागि छनोट गरिएका खेलाडीहरूको नामावली पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो।
    आयोजक समितिले यस गतिविधिबाट युवा खेलाडीहरूको क्षमता उजागर हुने र उनीहरूलाई ठूलो स्तरका प्रतियोगितामा सहभागी हुन बाटो खुल्ने विश्वास व्यक्त गरेको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!