आदर्श पुर्व विद्यार्थी संघ द्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

Radio Nagarik 100.4 MHz आइतबार, साउन २६, २०८२

विराटनगर । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरको प्राविधिक सहयोगमा आदर्श विद्यालय पूर्व विद्यार्थी संघले आयोजना गरेको खुला रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको संघको अध्यक्ष अन्जु पराजुलीले बताउनुभयो ।

विराटनगर–९ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा आदर्श विद्यालयका पूर्व शिक्षक जगदीश गौतम, पूर्व शिक्षक मदन सापकोटा तथा आदर्श मिलन केन्द्रका अध्यक्ष नारायण श्रेष्ठलगायतका अग्रज व्यक्तित्वले उपस्थित भई रक्तदाताहरुलाई आशिर्वाद र हौसला प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा खानेपानी संस्थानका अध्यक्ष, शैक्षिक पेशामा आवद्ध शिक्षक, कर्मचारी, संस्थाका सदस्यलगायत २५ जनाले रक्तदान गरेको सचिव प्रमोद मण्डलले जानकारी दिनुभयो।

रक्तदान गर्ने सहभागीलाई संस्थाले प्रमाणपत्र वितरण गर्दै स–सम्मान गरेको थियो। साथै, फलफूल र पिय पदार्थको उचित व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!