अपाङ्गता दिवसको अवसरमा देवानगञ्जमा र्‍याली तथा सम्मान कार्यक्रम सम्पन्न

Radio Nagarik 100.4 MHz बुधबार, मंसिर १९, २०८१

विराटनगर । देवानगञ्जमा र्‍याली तथा अपाङ्गता भएका ब्यक्तिलाई सम्मान कार्यक्रम गरिएको छ । मंगलबार देवानगञ्ज गाउँपालिकाको सहयोग र अपाङ्गता समावेशी संस्थाको आयोजनामा ३३ अौं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर भव्य रुपमा उक्त कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष डुमरलाल मेहताले बताउनुभयो ।


“समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार” मुल नाराका साथ पहिलो चरणमा अपाङ्गताहरुलाई सहभागी गराएर पालिका भरि र्याली निकालिएको थियोे । दोस्रो चरणमा अपाङ्गता ब्यक्तिलाई सम्मान गरिएको थियोे संस्थाका अध्यक्ष मेहताले बताउनुभयो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सेवा तथा सुविधाको सुनिश्चिततामा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । हामीले गत बर्ष पालिकाबाट निराशा रौनियारको घर बनाईदिएको छ । यस्तै अपाङ्गताको अवस्था हेरेर अगाडि कदम चाल्ने गाउँपालिका अध्यक्ष मेहताले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी बिभा यादव, प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी, वडा अध्यक्षहरु लगायत अपाङ्गता ब्यक्तिहरु सहभागीता रहेको थियो ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!